सिरहा,असोज २३ गते । सिरहाको जिरोमाईलमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम गई रहेको राजविराज जनकपुर चलने बस तिब्रगतिका कारण सहचालकको सिरहाको जिरोमाईलमा बसबाट लडेर मृत्यु भएको छ ।
गुडिरहेको ना.७ख २६५ नं.को बसबाट लडेर सिरहा जिल्ला लहान नपा वडा नं.५ वस्ने श्रीदेब यादबको छोरा अन्दाजी वर्ष १८ को पवन कुमार यादब रहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाईएको छ ।
यात्रु बाहक बस प्रहरी चौकी कसहामा रहेको छ । शब प्रादेशिक अस्पताल लहानमा पठाईएको प्रहरीले जनाईएको छ ।



















