सिरहा,बैशाख २९ गते । । सफा, आकर्षक र सम्मानजनक वातावरणमा सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले देशैभरी आजदेखि शुरु भएको राष्ट्रिय सरसफाई सप्ताह मधेश प्रदेशले पनि संचालन गरेको छ ।
मधेश प्रदेश अन्तर्गत वन तथा वातावरण मन्त्रालयको अगुवाईमा मधेश भवन परिसरमा सरसफाई सप्ताह शुरु भएको हो । पहिलो चरणमा मधेश भवन परिसरमा फालिएका प्लाष्टिकका बोतल, फोहोर कसिंगरलाई सफा गरिएको छ ।

फोहर व्यवस्थापन, सौन्दर्यीकरण र सरसफाईको स्थायी अभियान प्रणाली विकास गर्ने उद्देश्यले संचालित राष्ट्रिय सरसफाई सप्ताह, २०८३ अबका दिनमा नियमित हुने वन तथा वातावरण मन्त्रालयका सचिव जिव नाथ पौडेलले जानकारी दिनु भयो ।
सरसफाई कार्यक्रममा माननीय मुख्यमन्त्री, माननीय मन्त्रीहरु, प्रमुख सचिव, विषयगत मन्त्रालयका सचिवहरु, मन्त्रालयका कर्मचारीहरु, डिभिजन वन कार्यालय, धनुषाका कर्मचारीहरु, मधेश भवन भित्र रहेका सुरक्षाकर्मीहरु लगायतकाको उपस्थिति रहेको वन तथा वातावरण मन्त्रालयका बरिष्ठ जलाधार अधिकृत वेचन कुमार महतोले जानकारी दिनुभयो ।





















