सिरहा,बैशाख २७ गते । वन क्षेत्रलाई वृद्धि गर्ने र वन आगोलागीबाट हुने थप क्षतिबाट जोगाउने उद्देश्यले सिरहाको सामुदायिक वनहरुमा झाडी सरसफाई तथा अग्नि रेखाको काम तीब्र रुपमा भइरहेको छ ।

सो कार्यबाट सामुदायिक वन वृद्धि र विस्तारको साथै खाली रहेको वन क्षेत्रमा पुनः विरुवा रोप्न सकिने देवीदह सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कपिलेश्वर यादवले वताउनुभयो । 

vlcsnap-2026-05-10-17h58m50s117

चालू आर्थिक वर्षमा वन डिभिजनबाट भइरहेको कार्यक्रमलाई निरीक्षण तथा अवलोकन गर्न आउनु भएका वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका बरिष्ठ जलाधार अधिकृत बेचन कुमार महतोले झाडी सरसफाई र अग्नी रेखा कार्यक्रम प्रभावकारी रहेको वताउनुभयो । उहाँले झारी सरसफाईले वन सफा भई त्यसमा नयाँ विरुवा लगाउन मद्दत पुग्छ भने अग्नि रेखा निर्माले प्राकृतिक तथा मानवद्वारा सिर्जित आगोलागीबाट वनमा हुने क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

vlcsnap-2026-05-10-17h59m37s137

समृद्धिको लागि वन कार्यक्रम अन्तर्गत डिभिजन कार्यालय लहान सिरहामार्फत् चार वटा सामुदायिक वनलाई पाँच लाखको अनुदान सहयोगमा गोलबजार नगरपालिकाका धमनी कुम्भी खाडी सामुदायिक वन र लहान नगरपालिका क्षेत्रभित्र सुवेदार चौरी सामुदायिक वन लहान २४, देवीदह सामुदायिक वन लहान १७, कोइरालो खोला नमुना सामुदायिक वन लहान १५ मा झारी सरसफाई तथा अग्नी नियन्त्रण रेखा कार्यक्रम संचालन भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले वताउनुभयो ।

WhatsApp Image 2026-05-10 at 6.05.15 PM

vlcsnap-2026-05-10-17h59m58s89