सिरहा, ८ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलिले गोलबजारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको छ । अनुगमन टोलिले गोलवजार ६ पानिट्याङ्की नजीकैको गोदामबाट व्यवसायीले लुकएर राखेको सरकारी अनुदानको युरिया, डिएपी, पोटास र अन्य मल बरामद गरेको हो ।
गोलबजार नगरपालिका ६ मा अनुदानित मल राखेको भन्ने सूचनाको आधारमा पुगेका अनुगमन टोलिले छरछिमेकसँग बुझ्दा कसैले पनि गोदाम कसको हो भन्ने जानकारी नदिएपछि टोलिले शिल गरेको साल्टटे«डिङ्ग कर्पोरेशन लहानका कार्यालय प्रमुख रंजित कुमार साहले बताउनु भयो ।

अनुगमन भएको जानकारी पाएपछि गोलबजारका धेरै कृषि विजभण्डारहरु बन्दगरेर सञ्चालकहरु भागेका थिए।
बरामद मल व्यसायी कौशन महतोको र शिल गरिएको गोदाम उनकै दाजु बिनोद महतो रहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले जानकारी दिए।
अनुदानित मल उनीहरुले दोव्वर मूल्यमा बेच्दै आएका थिए। बरामद मलका गोदामबाल सम्पर्कमा नआएपनि कौशलको हो भन्ने स्थानीयले बताए। बरामद मल कृषि समाग्रि कम्पनी लिमिटेड लहान लगिएको छ।




















