सिरहा,कार्तिक २ गते । दीपावली तथा छठ पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिकामा वडा नं. ४ जयपुरमा आयोजित नगरस्तरीय फुटबल टुर्नामेन्टमा वडा नं. ९ विजयी भएको छ । विजयी टिमलाई प्रमुख अतिथि धनगढीमाईमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले नगद पच्चीस हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ । 

त्यसंैगरी खेलमा द्वितीय हुने वडा नं. १० का खेलाडीलाई पन्द्र हजार नगद सहित शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको छ । दुवै वडाले खेलमा बराबरी भएपछि खेलाईएको ट्राईबेकर खेलमा पाँचका विरुद्ध तीन गोलले वडा नं. ९ विजयी भएको थियो ।

प्रमाणपत्र वितरण गदै प्रमुख अतिथि चौधरीले खेल पनि एउटा विकास हो भन्ने बुझाए भयो भने यसले सामाजिक रुपान्तरणमा ठूलो सहयोग गर्ने भएकाले पनि खेललाई प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।  

२४ गते असोजबाट स्थानीय रामजानकी स्पोर्टस क्लव जयपुर सिरहाको आयोजना तथा सर्बपक्षीय सहयोगको आयोजनामा सम्पन्न  खेलमा नगरका १० वटा वडाको सहभागीता रहेको क्लवका अध्यक्ष रामभरोस ठाकुरले जानकारी दिनुभयो ।