सिरहा,कार्तिक ८ गते । मिथिला, तराई लगायत देशैभरि धुमधाम एवम् वडो निष्ठा र श्रद्धापूर्वक मनाइने छठ पर्वको लागि आवश्यक पूजाको सामाग्रीहरु किन्नेहरुको घुइँचो सिरहा व्यापारिक बजारमा लागेको छ ।
छठ पर्वको लागि आवश्यक बाँसले बनेका सुपा, डकिया, कोनिया त्यसैगरी माटाले बनेका दियो, हाति, कुसिया कुरिवार त्यसैगरी नारिवल, उखु, केरा लगायतका सामाग्रीहरु किन्ने अन्तिम दिन भएकाले बजारहरुमा श्रद्धालुहरुको भीड लागेको हो ।
पर्वका लागि आवश्यक पूजा सामाग्रीहरुको मूल्यमा व्यापारीहरुले कृतिम रुपमा ह्वात्तै बढाई दिंदा चाडवाड मान्न निक्कै सकस भएको स्थानीयहरु बताउँछन् ।
सूर्य देवताको अराधना गरी मनाइने महान पर्व छठ पर्व आइतबार नहाय खाई, सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिई मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुने जनाइएको छ ।



















