सिरहा,कार्तिक १ गते । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भए सँगै सिरहाका बजारहरुमा तिहारको सामान किन्नेको भीड लागेको छ । 

तिहार लागे सँगै मुख्य व्यापारिक क्षेत्रहरु लगायत साना ठूला चौकमा तिहारमा प्रयोग हुने सामानहरुमध्ये माटोका दियो, झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु खरिद गर्ने उपभोक्ताहरुको भीड लागेको हो । 

यस वर्षको तिहारमा पचास प्रतिशतले सामाग्रीहरुको मूल्य बढेकाले पर्व मनाउन सकस भईरहेको स्थानीयहरुले जनाएको छ ।

आजबाट विधिवत रुपमा यमपञ्चक सुरु भएको छ । सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ । आज बेलुका यमदीप दान सुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाइटीका  गरी पाँच दिन सम्म तिहार मनाउने गरिन्छ ।