सिरहा,असोज ६ गते । भाद्र २४ गते जेनजीको प्रदर्शनको क्रममा तोडफोड तथा आगजनीको क्रममा इलाका प्रशासन कार्यालय लहान सिरहाबाट लुटिएको क्यामेरा फिर्ता भएपछि राष्ट्रिय परिचय पत्रको काम आजबाट सुचारु भएको छ ।
सबै क्षेत्रका लागि नेपाल सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि इलाका प्रशासन कार्यालय लहानले आज देखि सो कार्य सुचारु गरेसँगै सेवाग्राहीहरुको भीड लागेको छ ।
कार्यालय प्रमुख वेदनिधि खनालका अनुसार कार्यालयमा तोडफोड तथा आगजनीको क्रममा लुटिएको क्यामेरा फिर्ता भए पनि कार्यालयका अन्य कागज तथा महत्वपूर्ण सामाग्रीहरु तोडफोड, आगजनी तथा लुटपाटका कारण राहदानी अन्य काम केही दिनमा मात्र संचालन हुने वताउनुभयो ।
जेनजीको प्रदर्शनको क्रममा इलाका प्रशासन कार्यालयमा करिव पन्द्रह लाख मूल्य बराबरको क्षति पुगेको वताइएको छ । उक्त कार्यालयमार्फत् सिरहाका दुई नगरपालिका, दुई गाउँपालिकाका ४० वटा वडाका सोवाग्राहीहरुलाई सेवा दिइरहेको थियो ।



















