जनकपुर, ४ असार । कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषाले लामो समयदेखि समितिबहीन रहेको पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन भएसँगै सिंचाई प्रणालीमा सुधार आएको छ । समितिहरु निष्क्रिय भएपछि अस्तव्यस्त भएको सिंचाई प्रणालीमा सुधार ल्याउन सो कार्यालयले लोकतान्त्रिक विधि प्रक्रियाद्वारा पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन गरेको हो । सो नहर प्रणाली अन्तर्गत प्रशाखा, शाखा र मूल समिति गरी ६० वटा समिति छन् । ती सबै समितिमा निर्वाचन प्रक्रियाद्वारा समितिहरुमा पदाधिकारी चयन गरिएको कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषा प्र
शम्भुनाथ (सप्तरी), १ असार । विहान नहुँदै हातमा कुटो कोदालो बोकेर सप्तरीको शम्भुनाथ नगरपालिका ७ भगवतपुर टोलका कलरीदेवी सदा खेतमा पुग्नुहुन्छ । विहानको करिब तीन घण्टा खेतमा काम गरेपछि घरको दैनिक कामकाजमा व्यस्त हुन्छ उहाँ । कुनै बेला फुर्सदिला भएर त्यतिकै गाउँका महिलाहरुसँग अनावश्यक गफिएर बस्ने कलरीदेवीलाई अचेल एकछिन बसेर गफिन फुर्सद छैन् । ‘‘के गर्नु बसेर कसैले दुई पैसा दिने होईन्, त्यसैले अहिले खेतीबारीमा व्यस्त हुन्छु”, कलरीदेवी भन्नुहुन्छ‘‘गाउँका साहुसँग लिजमा जग्गा लिएर खेतीपाती गर्न थालेकी छु ।” यसबाट परिवारको गुजारा चलाउन पनि सहज भएको छ र आम्दानी पनि राम्रै भईहाल्छ, उहाँ भन्नुहुन्छ
काठमाडौँ, २७ चैत्र । काठमाण्डौमा सम्पन्न भएको ५ औ राष्ट्रिय योग खेलकुद प्रतियोगितामा पुरुष तर्फ कमल बहादुर राजलवट स्वर्ण पदक हासिल गर्नु भएको छ । नेपाल योग खेलकुद संघले आयोजना गरेको सो प्रतियोगितामा ५० बर्ष भन्दा माथि सेनियर समुहतर्फ राजलवट प्रथम भई स्वर्ण पदक हात पार्नुभएको हो । बाग्मति प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिवमा कार्यरत राजलवट योगका अतिरिक्त पहिलो कोभिड देखिनै गुर्जाे तथा विभिन्न समस्याहरुमा उपयोगी हुने गुर्जाे सहितका विभिन्न जडीबुटीयुक्त चुर्णहरू तयार गरेर नेपाल अधराज्य लगायत विभन्न देशहरुमा निःशुल्क सेवा प्रवाह गर्दैआउनु भएको छ । यस्तै उहाँले जोर्नीको समस्यामा मर्म
राजविराज, १६ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा जारी पाँचौ मेयरकप २०८० फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो क्वाटर फाइनलमा बरख गण राजविराज विजयी भएको छ ।प्रतियोगिता अन्तर्गत आज भएको खेलमा टाईब्रेकरमा बैगखारी युवा क्लब महोत्तरीलाई तीनका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै बरख गण विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलका निर्धारित समयभित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । प्रतियोगिता अन्तर्गत भोली बुधवारको खेलमा नबो बुद्ध फुटबल क्लब मझौ सप्तरी र स्पोर्टस एकेडेमी बिराटनगरबीच हुनेछ संयासी युवा क्लवका
राजविराज, १५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा जारी पाँचा मेयरकप २०८० फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नबोबुद्ध फुटबल क्लब मझौ सप्तरी विजयी भएको छ ।प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रियुगा स्पार्टस क्लब फत्तेपुर सप्तरीलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै मझौ टिम विजयी भएको हो । प्रतियोगिता अन्तर्गत भोली मंगलवारको खेलमा बरख गण राजविराज र बैंगखारी युवा क्लब महोत्तरीबीच हुनेछ संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा&
राजविराज, १२ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आज देखि पाँचा मेयरकप २०७९ फुटबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा मलिथम फुटबल टिम उदयपुर विजयी भएको छ । शम्भुनाथ फुटबल क्लब शम्भुनाथलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल टिम विजयी भएको हो । दोश्रो हाफको १५ औं मिनेटमा शम्भुनाथ क्लबले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । तर दोश्रो हाफको २६ औं मिनेटमा मलिथमले गोल गरी खेललाई बराबरीको अवस्थामा पु¥एको थियो । खेल सकिन केही मिनेट मात्र बाँकी रहदाँ मलिथमले दोश्रो गोल गरी खेल आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिता
राजविराज, ११ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डंिलंकले आफ्ना ग्राहकका लागि ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट अफर डिल भएको कम्पनीको भनाई छ । उक्त अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्ट वाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउने कम्पनीले जनाएको छ । रु. चार हजार ४९९ बजार मूल्य रहेको बोट स्मार्ट वाच केबल रु. दुई हजार २४९ मा र रु. तीन हजार २९९ बजार मूल्य रहेको बोट एयरडप्स १७० मात्र रु.एक हजार ६९९ मा पाउन सकिने कम्पनीले जनाएको छ । स्मार्ट वाच ३ महिना र १२ महिना सब्सक्रिप्स
राजविराज, ९ माघ । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले आजदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गर्नुभएको छ । सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गर्नुभएको हो । राजविराजस्थित सवर्गीय गजेपुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरुन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी सप्तरी स्वाभिमान यात्राको सुरुवात गर्नुहुँदै उहाँले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहन
राजविराज, १८ पुस । सप्तरीको खडक नगरपालिका ३ कंचिरामा सञ्चालित पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मानिथम फुटबल क्लब उदयपुरले हात पारेको छ ।प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनलमा बिराटनगर स्पोर्टस एकेडेमी मोरंगलाई टाईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मानिथम टिमले उपाधी हात पारेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १५ औं मिनेटमा बिराटनगरका सुमन चौलागाईले डिबक्स भित्रबाट आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यसको ३ मिनेट नबित्दै मानिथम फुटबल क्लबका खेलाडीले गरेको प्रहार जोगाउन खोज्दा बल बिराटनगर तर्फको गोल पोष्टको जाली चु
राजविराज, १६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरिनयास्थित नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलले विविध कार्यक्रम गरी आफ्नो तेश्रो स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित मूल समारोहको एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले शिक्षामा गरिएको लगानी नै वास्तविक लगानी भएको दाबी गर्नुहुँदै शिक्षामा गरिने लगानी परिवार, समाज र राष्ट्रको हितमा हुने बताउनुभयो । स्थापनाको छोटो अवधीमा विद
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.