जनकपुर, ४ असार । कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषाले लामो समयदेखि समितिबहीन रहेको पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन भएसँगै सिंचाई प्रणालीमा सुधार आएको छ । 

समितिहरु निष्क्रिय भएपछि अस्तव्यस्त भएको सिंचाई प्रणालीमा सुधार ल्याउन सो कार्यालयले लोकतान्त्रिक विधि प्रक्रियाद्वारा पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन गरेको हो । 

सो नहर प्रणाली अन्तर्गत प्रशाखा, शाखा र मूल समिति गरी ६० वटा समिति छन् । ती सबै समितिमा निर्वाचन प्रक्रियाद्वारा समितिहरुमा पदाधिकारी चयन गरिएको कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषा प्रमुख बिरेन्द्रकुमार यादवले जानकारी दिनुययो । 

‘‘बिगत २६ बर्षदेखि जलउपभोक्ता समितिमा निर्वाचन हुन सकेको थिएन्”, प्रमुख यादवले भन्नुभयो,‘‘ जसका कारण सिंचाई प्रणालीमा असहजता, नहरको संरक्षणमा कठिनाई र पानी वितरणमा समस्या हुँदै आएको थियो ।” त्यही भएर सबै समितिहरुमा चुनाबी प्रक्रियाबाटै पदाधिकारीहरु चयन गरेका छौं, उहाँले भन्नुभयो । 

‘‘गत २०७९ पुसदेखि समितिहरुमा चुनाबी प्रक्रिया सुरु गर्दा थुप्रै अबरोधहरुको सामना गर्नुप¥यो”, प्रमुख यादवले भन्नुभयो,‘‘यो बिषयमा अदालतमा पनि मुद्दा प¥यो, तर हामीले बैधानिक विधिबाट गठन गर्ने प्रक्रिया सुरु गरेकाले मुद्दा पनि हामीले जित्यौ ।” अहिले प्रशाखा, शाखा र मूल समितिमा पदाधिकारीहरु चयन भईसकेको उहाँको भनाई छ । 

सबै समितिको निर्वाचनमा करिव ३० हजार कृषकको प्रत्यक्ष रुपमा सहभागिता रहेको थियो ।

जलउपभोक्ता समितिहरु गठन भएपछि पश्चिमी नहर प्रणालीको सिंचाईमा व्यापक सुधार भएको छ । निस्क्रिय भईसकेको ती समितिहरुलाई नयाँ ढंगबाट गठन गर्न संस्थाको बिधान निर्माणदेखि किसानहरुलाई सचेत गराएपछि समितिहरु गठन गर्न सफल भएको प्रमुख यादवले बताउनुभयो । 

  समितिहरु गठन भएपश्चात नहरको मुलदेखि पुछारसम्मका किसानहरुलाई समानताका आधारमा पानीको वितरण हुने, सिंचाई सेवामा सहजता तथा नरह संरक्षणमा मद्दत पुग्दै आएको प्रमुख यादवको भनाई छ  । समितिहरु गठन भएपछि सो कार्यालयलाई सिंचाई शुल्क उठाउन समेत सहज भएको छ ।

‘‘पहिला किसानहरुले सितैमा सिंचाई गर्दथ्यो, कार्यालयलाई एक रुपैयाँ पनि उठिरहेको थिएन्”,प्रमुुख यादवले भन्नुभयो,‘‘ समितिहरु गठन गर्ने क्रममा हामीले किसानहरुबाट करिब रु. १२ लाख सिंचाई शुल्क उठाएर राजस्व दाखिल ग¥यौै ।” 

कमला सिंचाई पश्चिमी नहर प्रणालीको १२ हजार ५ सय हेक्टर कृषि योग्य जग्गामा सिंचाइ सेवा उपलव्ध गराउन १४.५ किमी मुल नहर ४ वटा शाखा नहर र १३ मुल नहरबाट प्रत्यक्ष निकालिएको उपशाखा नहर र शाखा नहरबाट निकालिएको ४६ प्रशाखा नहरले सिंचाइ सेवा प्रदान हुदै आएको छ ।

यसैबीच सो कार्यालयले चालु आर्थिक बर्षमा कमला नदीको बाढीबाट क्षतिग्रस्त हेलबक्सको बैंक प्राृेटेक्सनको मर्मत सम्भार गरी पुर्ननिर्माण गर्नृको साथै हेलबक्सको अण्डर सुलुसको समेत जिर्णेद्धार गरेको छ ।