काठमाडौँ, २७ चैत्र । काठमाण्डौमा सम्पन्न भएको ५ औ राष्ट्रिय योग खेलकुद प्रतियोगितामा पुरुष तर्फ कमल बहादुर राजलवट स्वर्ण पदक हासिल गर्नु भएको छ । 

नेपाल योग खेलकुद संघले आयोजना गरेको सो प्रतियोगितामा ५० बर्ष भन्दा माथि सेनियर समुहतर्फ राजलवट प्रथम भई स्वर्ण पदक हात पार्नुभएको हो । 

बाग्मति प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिवमा कार्यरत राजलवट योगका अतिरिक्त पहिलो कोभिड देखिनै गुर्जाे तथा विभिन्न समस्याहरुमा उपयोगी हुने गुर्जाे सहितका विभिन्न जडीबुटीयुक्त चुर्णहरू तयार गरेर नेपाल अधराज्य लगायत विभन्न देशहरुमा निःशुल्क सेवा प्रवाह गर्दैआउनु भएको छ । यस्तै उहाँले जोर्नीको समस्यामा मर्म थेरापी पनि निःशुल्क सेवा गर्दै आउनु भएको छ ।

त्यसैगरी सो प्रतियोगितामा महिलातर्फ विभिन्न उमेर समूह मध्ये ३५ देखि ३९ बर्षको समुहमा जानुका भट्टराई ढुङ्गाना स्वर्ण पदक बिजेता हुनु भएको छ ।

उक्त प्रतियोगतामा ६ वटा उमेर समूह रहेको थियो । उक्त समूहमा  ९ देखि ११ बर्ष, १२देखि १४ बर्ष, १५देखि १७ बर्ष, १८ देखि ३५ बर्ष, ३६ देखि ४९ बर्ष, तथा ५० देखि माथिका उमेर समूह रहेको थियो । 

यसैगरी सेप्टेम्वरमा एसियन योग खेलकुद प्रतियोगिता, डिसेम्बरमा  वल्र्ड च्यामपियन सिप अफ योगासन स्पोर्टस हुदैछ ।