लहान, चैत ७ गते ।सिरहाको लहानस्थित गोल्डेन गेट इङ्लिस बोर्डिङ स्कूलले विश्व खेलकुद दिवस (World Athletics Day) को अवसरमा आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमाणपत्र, सिल्ड तथा मेडल प्रदान गरिएको हो । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको भन्दै विद्यालयले विभिन्न खेलविधाहरू सञ्चालन गरेको थियो ।
दौड, म्युजिकल चियर, दौड प्रतियोगिता लगायत अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
बिजेता विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक तथा अतिथिहरूले मेडल र प्रमाणपत्र हस्तान्तरण गर्दै हौसला प्रदान गर्नुभयो ।
खेलकुदको माध्यमबाट विद्यार्थीमा अनुशासन, समूहमा काम गर्ने भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने भएकाले प्रत्येक शुक्रवार लगायत दिवसहरूमा खेल संचालन गरिरहेकाे स्कुलका संस्थापक तथ प्रिन्सीपल ओमप्रकाश चाैधरीले वताउनु भयाे ।
समारोहमा बोल्दै विद्यालयका प्रतिनिधिहरूले किताबी ज्ञानका साथै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार पाएपछि विद्यार्थीहरू निकै हर्षित देखिएका थिए ।




















