राजविराज, १२ चैत। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पाेखरियास्थित खेलमैदानमा सञ्चालित 'संयासी गाेल्ड कप´फुटबल प्रतियोगिता २०८२ काे उपाधी मलिथम एफ सी उदयपुरले हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद्काे सहयोगमा संयासी युवा क्लब पाेखरियाद्वारा सञ्चालित साे प्रतियोगिता अन्तर्गत आज बिहीबार सम्पन्न फाइनलमा साेमबारे एफ सी उदयपुरलाई ट्राईब्रेकरमा     चारका बिरुद्ध पाँच  गाेल अन्तरले पराजित गर्दै उपाधी हात पारेकाे हाे ।  खेलकाे निर्धारित समयमा कुनै टिमले गाेल गर्न नसकेपछि खेलकाे निर्णय ट्राईब्रेकरबाट लिएकाे थियोे ।

उपाधीसँगै मलिथम एफ सी ले नगद रु. एक लाख पाँच र शिल्ड हात पारेकाे छ भने उपबिजेता  साेमवारे एफ सी ले नगद रु. ७५ हजार पाँच र कपमा चित बुझाएको आयाेजक समितिका सचिव श्रवणकुमार चाैधरीले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडी   साेमबारे विवेक राई ले नगद रु. दुई हजार एक सय प्राप्त गरेकाे छ । प्रतियोगिता पश्चात् आयाेजक समितिका अध्यक्ष  धनीलाल चाैधरीकाे अध्यक्षतामा आयाेजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरी, शम्भुनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष इन्द्रकान्त चाैधरी, आयोजक समितिका सचिव श्रवण कुमार चाैधरी, काेषाध्यक्ष अमित कुमार चाैधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयाे । यही चैत ६ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सुनसरी, सिरहा, माेरङ, धनुषा र उदयपुका गरि  अाठ वटा टीमकाे सहभागिता रहेकाे थियोे ।