राजविराज, १५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  जारी पाँचा मेयरकप २०८० फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नबोबुद्ध फुटबल क्लब मझौ सप्तरी विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रियुगा स्पार्टस क्लब फत्तेपुर सप्तरीलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै मझौ टिम विजयी भएको हो । 

प्रतियोगिता अन्तर्गत भोली मंगलवारको खेलमा बरख गण राजविराज र  बैंगखारी युवा क्लब महोत्तरीबीच हुनेछ  संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका गरी बिभिन्न १० क्लबको सहभागिता रहेको छ । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद रु.  ५५  हजार  तथा ट्रफि र उपविजेताले  नगद रु. ४५ हजार प्राप्त गर्नेछ । 

संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।