राजविराज, १२ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  आज देखि पाँचा मेयरकप २०७९ फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा मलिथम फुटबल टिम उदयपुर विजयी भएको छ । शम्भुनाथ फुटबल क्लब शम्भुनाथलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल टिम विजयी भएको हो । 

दोश्रो हाफको १५ औं मिनेटमा शम्भुनाथ क्लबले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । तर दोश्रो हाफको २६ औं मिनेटमा मलिथमले गोल गरी खेललाई बराबरीको अवस्थामा पु¥एको थियो । खेल सकिन केही मिनेट मात्र बाँकी रहदाँ मलिथमले दोश्रो गोल गरी खेल आफ्नो पक्षमा पारेको थियो । 

प्रतियोगिता अन्तर्गत भोली शनिवारको खेल सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिका र  गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहाबीच बीच हुनेछ  संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका गरी बिभिन्न १० क्लबको सहभागिता रहेको छ । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद रु.  ५५  हजार  तथा ट्रफि र उपविजेताले  नगद रु. ४५ हजार प्राप्त गर्नेछ ।

     प्रतियोगिताको एक कार्यक्रममा बिच शम्भुनाथ नगरपालिकाका कार्यबाहक नगरप्रमुख अनिता कुमारी चौधरीले उद्घाटन गर्नुभयो । खेलकुद समितिका अध्यक्ष मो. जाहुर मियाँको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।