राजविराज, १६ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  जारी पाँचौ मेयरकप २०८० फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो क्वाटर फाइनलमा बरख गण राजविराज विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा टाईब्रेकरमा बैगखारी युवा क्लब महोत्तरीलाई तीनका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै बरख गण विजयी भएको हो । 

अत्यन्तै प्रतिष्पर्धात्मक खेलका निर्धारित समयभित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । 

प्रतियोगिता अन्तर्गत भोली बुधवारको खेलमा नबो बुद्ध फुटबल क्लब मझौ सप्तरी र  स्पोर्टस एकेडेमी बिराटनगरबीच हुनेछ संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका गरी बिभिन्न १० क्लबको सहभागिता रहेको छ । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद रु.  ५५  हजार  तथा ट्रफि र उपविजेताले  नगद रु. ४५ हजार प्राप्त गर्नेछ । 

संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।