राजविराज, ११ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डंिलंकले आफ्ना ग्राहकका लागि ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । 

सार्वजनिक गरिएको सो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट अफर डिल भएको कम्पनीको भनाई छ । 

उक्त अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्ट वाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउने कम्पनीले जनाएको छ । रु. चार हजार ४९९ बजार मूल्य रहेको बोट स्मार्ट वाच केबल रु. दुई हजार २४९ मा र रु. तीन हजार २९९ बजार मूल्य रहेको बोट एयरडप्स १७० मात्र रु.एक हजार ६९९ मा पाउन सकिने कम्पनीले जनाएको छ । 

स्मार्ट वाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध हुन्छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध हुने कम्पनीको भनाई छ । 

कम्पनीको नेपालभरीका शाखाहरुमा हरेक बार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउने व्यवस्था मिलाएको जनाएको छ ।