ढल्केबर, साउन २७ गते । सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व चल्ने गरेको छ । फलतः हजारौँ सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाइबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ ।सामान्यतः मान्छेले सर्पले डस्नुभन्दा पनि डस्छ र मरिन्छ भन्ने त्रासका कारण सर्पलाई मार्ने गरेको पाइन्छ । यो सर्प र मानवको शत्रुतापूर्ण अवस्था हो । धनुषाको धनुषाधाम नगरपालिका–५, किसानपुरका गणेश साहले भने सर्पसँग ‘मितेरी’ गाँस्नुभएको छ । उहाँको ‘मितेरी’ सर्पको उद्धारबाट भएको हो । २३ वर्षीय साहले १४ वर्षको
सिरहा,साउन २६ गते । डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत झालाई आज एक कार्यक्रम गरी नागरिक समाजले सम्मान गरेका छन् ।गोलवजार नगरपालिकाको चौर्हवा स्थित रहेको रेडक्रस भवनमा त्यहाका नागरिक समाजका अगुवाहरुले एक कार्यक्रम गरी डिएफओ सुजीत कुमार झा वन अधिर्कत मनोज कुमार कर्ण,आविद हुसेन लागयत वनकर्मीहरुलाई लगायत कान्तिपुर टेलिभिजनका सिरहा सम्वाददाता विनय यादबलागयतका व्यक्तिहरुलाई आज सम्मान गरिएको छ ।सिरहा जिल्लामा डिभिजनल वन अधिकृत सुजीत कुमार झा गत साउन ३१ गते सिरहामा हाजिर भई जिल्लामा वन क्षेत्र संरक्षण तथा अबैध उत्खन्न कार्यहरु गर्दै राजनितिक आडमा सिरहाको चौर्हवामा आर्मी व्यारेक अगाडी ४
सिरहा,साउन २६ गते । सिरहाको बाटिका सडक दुर्घटनामा २० जना भन्दा बढी घाईते भएका छन् ।पूर्व पश्चिम लोकमार्गमाको बाटिका नजिक चाईन कम्पनीको स्कापियो र मालवाहक ट्रक एक आपसमा ठोकिदा चाईना कम्पनीका ईन्जिनियर सहित २० जना घाईते भएको छन् ।स्थानिय प्रत्यक्षदर्शीका अनु्सार पश्चिमबाट पूर्व चाईना कम्पनीले निमाणर््ा गरिरहेको सडकमा काम गर्ने कामदार बोकी लगदै गरेको अबस्थामा ठोकिएको हो ।बागमति प्रदेश ०३–००१च २४७५ नं.को ट्रक नं.प्र.२–००३–००१ ख ४०५७ नं.को ट्रकले ठोकिदा सो दुर्घटना हनु पगेको पत्रकार सुनिल साहले बताउनु भयो ।पत्रकारका अनुसार विहान कामदार बोकी जादै गरेको अवस्थामा ठक्कर लागेको हो सो चाईना कम्पनीका ईन्ज
काठमाडौँ, साउन १९ गते। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३(२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५(१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५(१२ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५(१७ ले पाखा लगाएको हो। तर चौथो सेट १८(२५ ले गुमाएको नेपा
सिरहा,साउन ५ गते। सिरहाको बरियारपट्टीमा मोटरसाइकलको ठक्करबाट सार्इकल चालकको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्र्तगत औरही गाउँपालिका वडा नम्बर १ दरहैया स्थित म.प्र.०१००४प८२२८नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा स्थानिय २२ वर्षीय रमेश कुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक मण्डलको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी लहानले जनाउनु भयो ।मृतकलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा लाने तयारी गरेको र घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाउनु भयो ।त्यस्तै मोटरसाइकल च
जनकपुरधाम,असार १७ गते । धनुषाको पुर्वी भेगमा रहेको नगरपालिका हो कमला । धनुषा र सिरहाको सिमाना रहेको कमला नदीले घेरिएको नगर हो कमला । कमला नगरपालिका शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायत सवै हिसावले निकै पछाडी रहेको विभिन्न तथ्यांकले देखाएको छ । जनप्रतिनिधिले संचालन गरेको यो दोश्रो कार्यालय चल्दै छ तर पालिकाको आफनै सुविधा सम्पन्न भवन वन्न नसकेको प्रति स्थानीयहरु चिन्ता जाहेर गरेको छ । आइतबार कमला नगरपालिकाले यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन
सिरहा,असार ११ गते । वन अतिक्रमण गरी चारकोठे बनाएको भवन डिभिजन वन कार्यालय सिरहा,लहानले भत्काएको छ । साविक चन्द्रउदयपुर हाल गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा व्यारेक नजिक सत्यदेव यादवले वन अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन भत्काएको हो ।घर निर्माणाधिन अवस्थामै वडा कार्यालय र वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।्उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै
जनकपुर,फाल्गुन २३ गते । धनुषाको मिथिला नगरपालिकामा दुई दिनको अवधिमा दुई जनाको शव भेटिएको छ । मिथिला नगरपालिका–६, ढल्केबरमा मागी खाने एक महिलाको शव सोमबार भेटिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार होटल तथा पसलमा गएर मागी खाने क्षीरेश्वरनाथ नगरपालिका–७, दुर्गाटोलकी अन्दाजी ४० वर्षीया राधा बस्नेतको शव भेटिएको हो । घटनास्थलको मुचुल्का गरी ती महिलाको शव उहाँका श्रीमान् कालीप्रसाद बस्नेतलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । मानसिक सन्तुलन बिग्रेकी ती महिला विगत पाँच/छ वर्षदेखि ढल्केबर र वरपरको गाउँ डुलेर मागी खाने गर्दैआएकी थिइन् । यस्तै, मङ्गलबार साँझ मिथिला
ढल्केबर, माघ २८ गते । धनुषाको उत्तरी क्षेत्रमा पानी स्रोत सुक्न थालेका छन् । सामान्यतया चैत वैशाखमा देखिने यस्तो समस्या यस वर्ष भने माघमै देखिन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयवासीको गुनासो छ । धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोजकुमार महतोले माघमै पानीको स्रोत सुक्नु अनिष्टको सङ्केत भएको बताउनुभयो । उहाँले पनि सिँचाइ गर्न खनेको इनार सुकेपछि यसपालि तरकारी बाली लगाउन नपाइने चिन्तामा पर्नुभएको छ । मौसमी तरकारी तथा अन्
सिरहा,माघ२४ गते । ग्रामीण क्षेत्रका विपन्न परिवार एवम् अप्रवासीबाट फिर्ता भएका युवाहरुको दीगो आर्थिक उपार्जन गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखरमा मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रममा व्यवसाय व्यवसाय र व्यवसाय सेवा प्रदायकबीच अन्तरसम्बन्धलाई सुदृढ बनाउने उद्देश्य रहेको समृद्धिका आपुर्ति श्रृंखला सुपरीवेक्षक प्रकाश खड्काले जानकारी दिनुभयो । अन्तक्र्रिया कार्यक्रममा कृषि विकास बैंक लहानका ऋण अधिकृत विष्णु घिमिरे, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड लहान शाखाका प्रमुख रामकुम
Copyright © 2021 / 2025 / purbanchalexpress.com / All Rights Reserved.