सिरहा,चैत्र ३० गते । सिरहाको गोलवजारमा एक दर्जन भन्दा बढी स्वास्थ्य संस्था अबैध रुपमा संचालनमा रहेपनि सम्वन्धित निकाय मौन बसेका छन् ।
स्थानियतहमा स्वास्थय संस्था दर्ता,अनुमति तथा नविकरण सम्वन्धि निर्देशिका २०७४ वमोजिम २५ शैया सम्मका अस्पताल ,पोलिक्लिनिक,क्लिनिक लगायतका स्वास्थ्य संस्था अनुमति दिने वा नविकरण गर्ने कार्य सम्वन्धित स्थानियतहको नै रहेपनि यस प्रति गोलवजार नगरपालिका बेखबर बनेका छन् ।
गोलवजारको मुख्य चौकमा संचालनमा रहेको भुमिजा हस्पिटल प्रा.लि. पनि अबैध रुपमा संचालनमा रहेको छ ।
त्यो मात्र कहाँ हो गोलवजारमा संचालनमा रहेको बद्धमान होस्पिटल प्रा.लि. मा दर्ता तथा ईजाज्त लिई संचालनमा रहको गोलवजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले जानकारी दिनुभयो ।
एनले भने यस पालिकाबाट अनुगमन गर्नुपर्ने हो तर अनुगमन गरेको छैन ।
यसले गर्दा गोलवजार नगरपालिका भित्रका मात्र नभई विभिन्न स्थानबाट उपचारको लागी आउने सेवाग्राहीहरुबाट अबैध रुपमा मनोमानी तबरले पैसा लिने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।
गोलवजारमा संचालनमा रहेको कुनै पनि अस्पताल तथा पोलिक्लिनिकहरु साधारण मापदण्ड पुरा नगरी संचालनमा रहको विशेषज्ञको भनाई रहेको छ ।
यसरी कानूनको खिल्ली उडाउदै अबैध रुपमा संचालनमा रहेको पोलिक्लिनिकहरुबाट सम्वन्धित सरोकारवालाहरुको कमिशन जाने गरेकोले जानकारहरुको आरोप रहेको छ ।
यस अधि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलृ सिरहाको मिर्चैयामा संचालित १३ वटा क्लिनिक र अस्पतालहरु अनुगमन गर्दा उनीहरु दर्ता विहिन संचालनमा रहेकोले कारवाहीको लागी सम्वन्धित निकायलाई निर्देशन दिनु भएको थिए ।