सिरहा,साउन २९ गते । अबैध तरिकाले दुम्सी मारेर लगदै गरेको अबस्थामा ६ वटा दुम्सी सहित ४ जनालाई वन कर्मचारीहरुले पक्राउ गरेका छन् ।
रातीको समयमा टुर गस्ती गर्दै जादाँ बर्दिवास बाके सडक खण्ड अन्र्तगत शंका लागी चेक जाँच गर्ने क्रममा निजहरु दुई वटा मोटर साईकलमा मारेको दुम्सी र माउ गरी जम्मा ६ वटा मारेको लगदै गरेको अबस्थामा पक्राउ गरेको छ ।

डुम्सी मारी लगदै गरेको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी सब डिभिजन वन कार्यालय बाँके लक्ष्मीनियामा बुझाईएको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले बताउनु भयो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रमुख झाले बताउनु भयो ।



















