सन्ताेष कुमार साह 

सिरहा,बैशाख २७ सिरहाको गोलबजारमा रहेको बर्धमान अस्पताल फेरि एकपटक विवादमा परेको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी ३) वर्र्षीया रामकाशी यादवको मृत्यु भएको घटनापछि अस्पताल र डाक्टर माथि लापरवाहीको गम्भीर आरोप लागेको छ। मृतक परिवार र स्थानीयवासीले यसलाई हत्या सरहको लापरवाही भनेका छन । 

WhatsApp Image 2025-05-10 at 5.03.25 PM

शुक्रबार बिहान प्रस्ुतीव्यथा लागेपछि रामकाशीलाई मिर्चैया–६ स्थित सरकारी अस्पताल लगिएको थियो। तर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले नसा विशेषज्ञ छैन भन्दै उनलाई सिधै निजी बर्धमान अस्पतालमा रेफर गरिन  बर्धमान अस्पतालमा सञ्चालक तथा शल्यचिकित्सक डा. तेजशंकर यादवले शल्यक्रिया गरेपछि रामकाशीले छोरालाई जन्म दिइन्।

WhatsApp Image 2025-05-10 at 5.03.25 PM (1)

तर त्यसपछि अत्यधिक रक्तस्राव सुरु भयो। परिवारले पटक–पटक बिरामीलाई ठूला अस्पतालमा रिफर गरिदिन आग्रह गरे पनि अस्पतालले यहाँ ठीक हुन्छ भन्दै बेवास्ता गर्यो रगतको आवश्यकता भएपछि आफन्तहरूले ब्लडको व्यवस्था गरेपनि स्वास्थ्य अवस्था झन् जटिल बन्दै गयो।

शनिबार बिहान ३ बजे मात्र उनलाई विराटनगर स्थित न्युरो अस्पताल रिफर गरियो । तर बिहान ५ बजे त्यहाँ पुग्दा चिकित्सकहरूले बाटोमै उनको मृत्यु भइसकेको पुष्टि गरे।

रामकाशीका बुवा महेश्वर यादव भन्छन हामीले बारम्बार भनेका थियौं, तर गम्भीरतापूर्वक लिइएन। यो लापरवाही होइन, सिधै हत्या हो ? भतिज अजय यादवले भने,हामी केवल न्याय खोजिरहेका छौं। 

घटनापछि आक्रोशित स्थानीयवासी र परिवारले शवसहित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे। प्रहरीको हस्तक्षेप पछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहको टोलीले डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र कुमार पासवानले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। । 

डा. तेजशंकर यादव यसअघि पनि विवादमा मुछिँदै आएका छन्। यादब प्रादेशिक अस्पतालमा कार्यरत हुदा केही महिना अघि महोत्तरीकी रिंकु कुमारी सिंहको पेटमै गज छोडिएको आरोपमा नेपाल मेडिकल काउन्सिलमा मुद्दा चलिरहेको छ । औरही–४ की राधा दासको नवजात शिशुको मृत्यु प्रकरणमा पनि उनीमाथि संलग्नताको आरोप लागेका थिए । 

WhatsApp Image 2025-05-10 at 5.03.26 PM (1)

आफनै निजि होस्पिटलमा रेफर

यो घटनाले सरकारी अस्पतालबाट निजीमा रेफर गरिएको शैली, विशेषज्ञ अभाव, र समयमै रिफर नगर्ने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएको छ। रामकाशीका भिनाजु रविन यादवले भने, आफुहरुलाई थाह थिएन,बर्धमान अस्पताल कहाँ छ ,मिर्चैया सरकारी अस्पतालका मेशु डा.सारिका गोइतले नै मेरो आफ्नै निजि अस्पताल गोलबजारमा छ ,त्यहा जानू भनेपछी आफुहरु यहाँ आएको बताए ।उनले भने,यसले पनि सरकारी र निजी अस्पतालबीच सेटिङ रहेको पुष्टि हुन्छ।

आफन्तहरुले आक्रोसित हुँदै पुर्व(पश्चिम राजमार्गमा टायर समेत बालेर थिए । चिकित्सक र आफन्तहरु बीच छलफल हुदैछ, भने शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको छ । 

घटनाको  निष्पक्ष अनुसन्धान होस दोषीलाई कडा कारबाही होस, र यस्ता घटना भविष्यमा नदोहोरि योस भनी पिडित परिवारहको माग रहेको छ । 

bardman2