सिरहा,जेठ २२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको आयोजनामा आज देखी लाहानमा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ सुरु भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यलय जनकपुर ,धनुषा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय पथलैया ,बारा को सहकार्य तथा समन्वयमा मधेस प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालय जिल्ला ट्राफिक प्रहरी कार्यलय लाहान ,सिराहाको आयोजनामा सुरक्षित सडक , सुरक्षित समाज, दुर्घटना न्युनीकरण साथै सुरक्षित नागरिक को मुल नारा को उदेश्य अवधारणा प्रस्तुत गरि ट्राफिक जनचेतना मूलक सप्ताह कार्यक्रमको आज पहिलो दिन सम्पन्न भएको छ ।
सिरहा जिल्ला प्रहरी प्रमुख एसपी अन्नतराम शर्माको अध्यक्षतामा सुरु भएको उदघाटन कार्यक्रमका प्रमुख अतिथिमा लहान नगरपालिकाका मेयर महेश चौधरी, विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सशस्त्र प्रहरी एसपी नरेश भण्डारी, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश शारदा, पत्रकार महासंघका अध्यक्ष मनोज बनैता, विद्यालयका प्रअहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी भएकाहरुलाइ ट्राफिक नियम समाजमा भइरहेको सवारी दुर्घटनावाट मानवीय क्षति जोखिमपूर्ण रहेकोले त्यस प्रति सबै सवन्धित निकाय गम्भीरतापूर्वक लिइ जनचेतना मुलक कार्यक्रम मार्फत सचेत गराउन मदत पुग्ने कार्यक्रम को उदेश्य रहेको जिल्ला ट्राफिक कार्यलय लाहान सिराहा प्रमुखले वताए ।
उपस्थित वुद्दि जिवि, समाजसेवी, राजनीतिककर्मि, पत्रकार साथै विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराई प्रभात फेरि लगाईएको थियो । अब एक हप्तासम्म दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले ठाउँ ठाउँ जनचेतनामूलक कार्यक्रम, स्टीकर टास्ने, सवारी चेकजाँच गर्ने, माईकिङ् गर्ने लगायतको कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी लाहान सिराहा प्रमुख पोषणराज थपलियाले जानकारी गराए । यसले सडक दुर्घटना न्यूनिकरणमा उल्लेखनिय सहयोग पुगने तथा जनचेतनामा बृद्धि हुने बताए ।