विनिता साह
सिरहा,असार ६ गते । गाँउघरमा घुम्टोमा बस्ने महिला अहिले घुम्टो त्यागेर सिटि रिक्सा चलाउदै आएकी हुन् ललिता ।
२६ वर्षीय ललिता कुमारी महतो अहिले आफनो परिवार खर्च, श्रीमान्को उपचार र छोरा छोरी पढाउन उनी सडकमा रिक्सा चलाउदै आएकी हुन् ।
विप्पन परिवारमा रहेकी सिरहा जिल्ला लहान नगरपालिका वडा नं.२४ मलहनमा बस्ने सतरुधन महतोको श्रीमती ललिता घुम्टोमा घरमा बस्ने वेला सिटि रिक्सा लिएर सडकमा चलाउछिन् ।
गत वर्ष श्रीमान् सडक दुर्घटनामा परी अपाङ्ग भएपछि उनी घुम्टो त्यागन बाध्य भएका छन् ।
ललिताको सहासिक कदमले गाँउघरका महिलाहरुको लागी प्रेणा बनेका हुन तर गाँउघरमा महिलाले सिटि रिक्सा चलाएको भन्दै धेरै आलोचना खेपीरहेकी ललिता अहिले लहान बजार सम्म सिटि रिक्सा चलाउछिन् ।
पाच जनाको परिवारका एक्कलो सहरा बनेकी ललिता लाज त्यागेर सडकमा रिक्सा चलाउ आएको बताईन ।
उनी घरको काम सकाएर छोरा छोरीलाई स्कुल पठाई आफु १० बजे विहान रिक्सा चलाउन सडकमा आउछिन् । त्यतीमात्र कहाँ हुन सिरहा जिल्लाको लहान बजारमा २ सय भन्दा बढी सिटी रिक्सा रहेको छ । तर उनी एक्लो महिला सिटी रिक्सा चालक हुन । दिनभर रिक्सा चलाएर कमाएको पैसाले श्रीमान्को उपचार,घर खर्च र बच्चा पढाउने गरेका हुन ।
श्रीमान्को उपचारमा १५ लाख बढी खर्च भए तर उहाँ अपाङ्ग भएपछि सिटी रिक्सा चलाउछिन तर उनी संग रिक्सा चलाउने लाईसन्स छैन ।