राजविराज, २९ बैशाख । हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोमा बैशाख २६ देखि २८ गतेसम्म सञ्चालित सो तालिमा डाक्नेश्वरी नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका २५ जनाको सहभागिता रहेको थियो ।तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत विका
राजविराज, २८ बैशाख । हरवा चरवा भुमि प्राप्ति सवाल विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बिहीवार सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोग तथा राष्ट्रिय भुमि आयोग सप्तरीको सहकार्यमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलनको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय भुमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवले स्थानीय तहले भुमिहिन सुकुम्बासीक
वीरगञ्ज, १७ बैशाख । होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय संघ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीहरुको टोलीले सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्वपुर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीहरुले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् । उद्यम र रोजगारीको भरपर्दाे श्रोत तथा बैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल त
राजविराज, १४ चैत्र । हरवा चरवाहरुको पुर्नस्थापना र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा सोमवार सप्तरीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आयोजित प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिदै हरवा चरवाको सबालमा सरकार गम्भीर हुन नसकेकाले दबाब दिनुपर्ने बताएका छन् । कार्यक्रममा डाक्नेश्वर
सप्तरी, १० चैत्र (रासस) ः सप्तरीको रुपनी गाउँपालिका– १ रायपुरकी सुनैरदेवी सदालाई अचेल विहान हुने बितिकै पसल खोल्न हतारो हुन्छ । गाउँ बस्तीका धेरै जसो मानिसहरु विहान उठ्ने बितिकै घरको काममा व्यस्त हुदाँ सुनरैरदेवीलाई भने कतिबेला पसल खोलेर समान बेच्ने भन्ने हतारोमा हुन्छ । बस्ती नजिक रहेको कन्छु नरप्रताप माविको छेउमा खोल्ःनुभएको किराना पसल चलाउने उहाँको दैनिकी नै बनेको बताउनुहुन्छ । न्यून पुँजीमा सुरु गरेको किराना पसल अहिले उहाँको परिवार पाल्ने मुख्य माध्यम समेत बनेको छ ।केही बर्षअघि सम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी सदाको अब भन्ने त्यो दुखको दिन गएको छ ।पुँजीको आभावमा आर्थिक उन्
राजविराज, १० चैत्र । प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया शुक्रवार सप्तरीको रुपनी गाउँपालिकामा सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित अन्तरक्रियाका बक्ताहरुले सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले प्रधानमन्त्रीबाट भएको हरवा चरवा मुक्तिको घोषणालाई कार्यान्वयनका लागि आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।&
सप्तरी, १३ फागुन । कुटपिटबाट घाईते भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ निवासी गितादेवी सदाको आर्थिक अभावका कारण उपचारका समस्या भएको छ । घाँस काटेको निहुँमा गत माघ २५ गते डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले २८ बर्षीय सदामाथि निर्घात कुटपिट गरेको थियो । कुटपिट गर्ने यादव फरार छ ।कुटपिटबाट घाईते सदाको स्थानीय पातो बजारस्थित युके मेमोरियल अस्पतालमा प्राथमिक उपचार भएपनि आर्थिक अभावका कारण थप उपचारका लागि अन्यत्र अस्पताल लैजान नसकिएको पीडित परिवारको भनाई छ । “घाईतेको सोही अस्पतालमा करिब एकसातासम्म उपचार भयो”, घाईतेका आफन्त श्रीप्रसाद सदाले भन्नुभयो,“घाईतेको अवस्था बुझ्न अहिलेसम्म नत क
लहान, ४ माघ । बढ्दो सबारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिबिरमा ३०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन् । यातायात व्यवस्था कार्यालय लहान सिरहा र उषा इन्टरप्राईजेज लहानको सहकार्यमा जिल्ला ट्राफिक कार्यालय लहान सिरहाद्वारा लहानमा आयोजित निःशुल्क स्वास्थ्य परिक्षण तथा सबारी साधनहरुको यान्त्रिक चेकजाँच शिबिरमा चालक तथा सहचालकहरुले रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन् ।शिबिरमा ३०० जना चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै २०० सबारी साधनहरुको यान्त्रिक परिक्षण गरिएको जिल्ला ट्राफिक कार्या
राजविराज, २६ माघ । मधेस प्रदेश सरकारको शिक्षा विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशलाई पुर्ण साक्षर प्रदेश बनाउन प्रदेश सरकारले अभियान सुरु गर्न लागेको बताउनुभएको छ । राजविराज नगरपालिका ६ स्थित श्री आधारभुत विधालय थानगाछीको स्वर्ण जयन्ती तथा शिक्षक विदाई समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले मधेस प्रदेश अशिक्षित प्रदेशको रुपमा परिचित रहेको रहेकाले यसलाई पुर्ण साक्षर प्रदेश बनाउन अभियान चलाउन लागेको बताउनुभयो । सरकारको ठुलो खर्च भईरहेको सामुदायिक विधालयको शैक्षिक गुणस्तरीय अस्तव्यस्त छ रहेकाले आवश्यक नीति बनाएर व्यवस्थित गर्ने कार्य
वीरगञ्ज, २० माघ । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकहरुमाथि कानुनी प्रक्रियाबाट बक्यौला असूली गर्ने भएको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु. ५० हजार भन्दा बढी बक्यौता राख्ने ५४२ जना ग्राहकहरुको नाम कालोसूचीमा राखेर प्रकाशन गरेको छ । कालोसूचीमा रहेका ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि संस्थानले कानुनी प्रक्रियाबाटै भएपनि बक्यौता असूली गर्ने तयारी गरेको हो । संस्थानले ग्राहकहरुबाट रु. १२ करोड २५ लाख ७९ हजार ९९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.