राजविराज, २६ माघ । मधेस प्रदेश सरकारको शिक्षा विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशलाई पुर्ण साक्षर प्रदेश बनाउन प्रदेश सरकारले अभियान सुरु गर्न लागेको बताउनुभएको छ । 

राजविराज नगरपालिका ६ स्थित श्री आधारभुत विधालय थानगाछीको स्वर्ण जयन्ती तथा शिक्षक विदाई समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले मधेस प्रदेश अशिक्षित प्रदेशको रुपमा परिचित रहेको रहेकाले यसलाई पुर्ण साक्षर प्रदेश बनाउन अभियान चलाउन लागेको बताउनुभयो । 

सरकारको ठुलो खर्च भईरहेको सामुदायिक विधालयको शैक्षिक गुणस्तरीय अस्तव्यस्त छ रहेकाले  आवश्यक नीति बनाएर व्यवस्थित गर्ने कार्य अधि बढाएको उल्लेख गर्नुहुँदै उहाँले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक प्रविधिको विकास गर्न लागेको बताउनुभयो । आफ्ना विधार्थीहरुलाई नियमित विधालय पढाउन आग्रह गर्नुहुँदै मन्त्री यादवले अब अभियानले घरमा बसेरै आफ्नोफ विधार्थी पढिरहेको छ वा छैन, गुणस्तर शिक्षा पढाई रहेको छ वा छैन  अवलोकन गर्न पाउने प्रविधि विकास गर्न लागेको बताउनुभयो । 

विधालयहरुको भौतिक संरचनासँगै सामुदायिक विधालयप्रति आकर्षण बढाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रदेश सरकार तयार छ बताउनुहुँदै विधालयको सबै समस्यालाई गम्भीर रुपमा लिएको जानकारी दिनुभयो । थानगाछी विधालयसम्म पुग्ने बाटो बनाउन तत्काल आफ्नो संसदीय कोषबाट बजेट उपलब्ध गराउने र विधालयमा फर्निचर र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामाराखेको बताउनुभयो । नगर क्षेत्रको शैक्षिक अवस्था खस्किदै गएको बताउनुहुँदै उहाँले शैक्षिक गुणस्तरीयता ल्याउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । 

शिक्षामा राजनीति गर्न नहुने तर्क गर्नुहुँदै उहाँले शिक्षा क्षेत्रको समस्यालाई हल गर्न नगरपालिकाले छलफल गर्न तयार  रहेको उल्लेख गर्नुभयो । 

मधेस प्रदेशसभाका पुर्व सदस्य नेत्रबिक्रम साहले सामुदायिक विधालयहरुको खस्किदै गएको अवस्थामा यस विधालयले शैक्षिक गुणस्तरीयताका लागि खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । 

कार्यक्रममा विधालयका प्राधानाध्यपक भोला प्रसाद साहले विधालयमा भौतिक पुर्वाधारको आभावका बाबजुद शिक्षण शिकाई गर्दै जिर्ण रहेको विधालय भवनको पुर्ननिर्माणका तथा फर्निचरको व्यवस्थापन  लागि  सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो । उहाँले विधालय खानेपानीको समस्या खेप्दै आएको जानकारी दिनुहुँदै विधालयमा छात्राहरुको लागि सेनेटरीप्याड र प्रबिधिमैत्री शिक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराईदिन आग्रह गर्नुभयो ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शशि चौधरी, शिक्षक अभिभावक संघका राधेश्याम साह, पुर्व शिक्षक सुरेन्द्र चौधरी, स्थानीय सत्रुधन साह, शिक्षक फुलचन्द्र साह, एन प्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप साह, अभिभावक रामकुमार साह, राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन कुमार यादव लगायतले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक लगायतले सबै हातेमाले गरेर अघि बढ्नुपर्ने बताएका छन्।

सो अवसरमा अनिवार्य अबकाश प्राप्त गर्नुभएका शिक्षिका जया कुमारी दासलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

२०२९ सालमा स्थापित श्री आधारभुत विधालय थानगाछीमा हाल ४५० जना विधार्थीहरु अध्ययनरत छन् ।