राजविराज, १० माघ । आयोजक सन्यासी युवा क्लब पोखरिया सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत आज बिहीवार सम्पन्न सेमिफाइनलमा फ्युजन फुटबल टिम उदयपुरलाई शन्युका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब उपाधी नजिक पुगेको हो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली शुक्रवार दोश्रो सेमिफाइनलमा त्रियुगा स्पोर्टस क्लब फत्तेप्ुर सप्तरी र पिडरबोनी फुटबल टिम पिडरबोनी सिरहा बीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो ।
सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका १० टिमको सहभागिता रहेको सो प्रतियोगिताका बिजेता टिमले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४५ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।