राजविराज,  ५ माघ । शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार छुट्टै मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ । 

प्रतियोगिता अन्तर्गत आज बिहीवार भएको शम्भुनाथ नगरपालिकाको मेयर ११ र प्रशासकीय ११ बीचको मैत्रीपुर्ण खेलमा मेयर ११ शुन्यका बिरुद्ध एक गोल अन्तरले बिजयी भएको छ । 

मेयर ११ को नेतृत्व शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ताले र प्रशासकीय अधिकृतको ११ को नेतृत्व प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले गर्नुभएको थियो । 

यस्तै बिहीवारै भएको शम्भुनाथ नगरपालिका भेट्रान र लहान भेट्रान बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा ट्राई्ब्रेकरमा शम्भुनाथ नगर भेट्रान तीनका बिरुद्ध चार गोल अन्तरले बिजयी भएको छ । निर्धारित समयभित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो । 

त्यस्तै बिहीबारै सम्पन्न महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नमो बुध्द महिला फुटबल टिम मझौ सप्तरी बिजयी भएको छ । गाईघाट महिला फुटबल टिम उदयपुरलाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मझौ महिला टिम बिजयी भएको हो । बिजेता  र उपबिजेता टिमलाई शम्भुनाथ नगरपालिका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।

फुटबल प्रतियोगिताको फाइनलमा आज शुक्रबार नमो बुध्द फुटबल टिम मझौ सप्तरी र तालतलैया फुटबल टिम सुनसरी बीच हुने आयोजक संयासी युवा क्लव पोखरियाका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिता   माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले  नगद रु।  ५५  हजार  तथा ट्रफि र उपविजेताले  नगद रु। ४५ हजार प्राप्त गर्नेछ ।