जनकपुरधाम, १० साउन । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष ०७८÷०७९ मा रु. २२ करोड ३० लाख बढी राजस्व सङ्कलन गरेको छ । 

यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाका अनुसार आर्थिक ०७८÷०७९ रु. ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको छ । 

आर्थिक ०७८÷०७९ मा सबारी करबाट रु.४२ करोड २२ लाख ३४ हजार ८७, सवारी चालक अनुमतिपत्र तथा नविकरणबाट रु. १२ करोड १ लाख ६१ हजार तथा नयाँ सवारी दत्र्ता र रुट प्रमिटबाट रु. एक करोड ३२ लाख ४ हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बिरेन्द्र कुमार साहले जानकारी दिनुभयो । यो अघिल्लो आर्थिक बर्ष ०७७÷०७८ को भन्दा रु. २२ करोड ३० लाख बढी हो । गत अािर्थक बर्ष ०७७÷०७८ मा रु. ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो । 

यस्तै आर्थिक आर्थिक ०७८÷०७८ मा १६ हजार १८७ वटा मोटरसाईकल, ५११ वटा ट्याक्टर, ४७१ वटा टेम्पु, इ–रिक्सा २८२ वटा, २३८ वटा जिप÷कार लगायत १५ हजार ९२० वटा नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । कार्यालय प्रमुख साहका अनुसार सो आर्थिक बर्षमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ भने २२ हजार ७५० वटाको नविकरण गरिएको छ । 

मधेस प्रदेश सरकारले पाँच बर्ष भन्दा बढी समयदेखि नविकरण नगराएको सबारी साधनको नविकरणमा लाग्ने जरिवाना छुट गर्नु, नयाँ सबारी दत्र्ता बढ्नु र कर्मचारीहरले इमान्दारितापुर्वक कार्यालय समयमा बसेर काम गरेकाले यस आर्थिक बर्षमा राजस्व सङ्कल उल्लेखीय बढ्ेको कार्यालय प्रमुख साहको भनाई छ ।