सिरहा,भदाै ६ गते । समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले फोन गरी अपमान जनक शब्द प्रयोग गर्नु र धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै महासंघको ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ सिरहा भदौ ३ गते जारी प्रेस विज्ञप्तिमा प्रेसमाथि कुनै किसिमको गलत व्यवहार, थिचोमिचो र हस्तक्षेव स्वीकार्य नहुने विज्ञप्ति मार्फत् महासंघले सम्बन्धित निकायलाई चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अ
सिरहा,श्रावण ३१ गते । मुलुकको सातवटा प्रदेशमा रिक्त रहेका विभिन्न ३४ पदका लागि आगामी मंसिर तेस्रो साता निर्वाचन आयोगले उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेका छन् । आयोगको परामर्शमा सरकारले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा मिति तोकी रिक्त रहेका पदहरूको उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।
सिरहा,श्रावण १४ गते । रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।महोत्तरीको बर्दिवास–६ स्थित रातुखोला किनारमा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर अन्दाजी १३ वर्षका बालक रिदम विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । पौडी खेल्न भनी घरबाट निस्किएका बालक घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले आइतबार दिउँसो १ बजे मृत अवस्थामा उनको शव फेला पारेका छन् ।उत्खननको मापदण्डविपरीत क्रसर उद्योगले २० फिटमाथिका सयौं खाल्डा बनाएको उक्त क्षेत्रमा वर्षाको पानी जमेसँगै बालबालिका पौडी खेल्न जाने गरेकाले यस्तो घटना
सिरहा,श्रावण ९ गते । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
सिरहा,असार २८ गते । मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो । शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो ।वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्सको यात्रुवाहक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको गणपति डिलक्सको बस पहिरोले बगाएको आशंका छ ।दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । तीन यात्रु भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
सिरहा,असार ११ गते । वन अतिक्रमण गरी चारकोठे बनाएको भवन डिभिजन वन कार्यालय सिरहा,लहानले भत्काएको छ । साविक चन्द्रउदयपुर हाल गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा व्यारेक नजिक सत्यदेव यादवले वन अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन भत्काएको हो ।घर निर्माणाधिन अवस्थामै वडा कार्यालय र वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।्उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै
सिरहा,असार ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ ।अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म नन ग्रेडेड ९एनजी० ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने कार्यालयले जनाएको छ ।
काठमाडौं आसर ५ गते । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्। ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८स्१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।दोलखाको मेलुङ गाउँपालिका(४ घरका गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद स
सिरहा,असार २ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड कमजोर भएको वताउनुभएको छ । आज सिरहाको मिर्चैैया नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी सामुदायिक वनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले दशौं चुरे संरक्षण दिवसकोे अवसरमा आयोजना गरेको वृहत् वृक्षारोपण समारोहमा प्रधानमन्त्री दहालले उक्त कुरा वताउनुभएको हो । प्रधानमन्त्री दहालले तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अध
सिरहा १० जेठ । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित आस्था र पवित्रताको प्रतिकको रुपमा रहेको राजदेवी मन्दिरमा भक्तजनहरुको आज विहानैदेखि घुइँचो लागेको छ । भाकल गरे मनोकामना पूरा हुने जनविश्वासको कारण देश विदेशबाट आजका दिन राजदेवी मन्दिरमा भाकल गरे अनुसारको पशुपक्षीको बलि चढाउन असंख्य रुपमा भक्तजनहरु ओइरिएका हुन् । राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरेपछि सन्तान प्राप्ति, रोग व्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।लहान बजारबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने राजदेवी मन्दिर बाराको गढिमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा पशु बलि दिने मन्दिरको रुपमा लिने गरे
Copyright © 2021 / 2025 / purbanchalexpress.com / All Rights Reserved.