सिरहा,श्रावण ३१ गते । मुलुकको सातवटा प्रदेशमा रिक्त रहेका विभिन्न ३४ पदका लागि आगामी मंसिर तेस्रो साता निर्वाचन आयोगले उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेका छन् ।
आयोगको परामर्शमा सरकारले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा मिति तोकी रिक्त रहेका पदहरूको उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।




















