सिरहा,भदाै ६ गते । समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले फोन गरी अपमान जनक शब्द प्रयोग गर्नु र धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै महासंघको ध्यानाकर्षण भएको छ ।
पत्रकार महासंघ सिरहा भदौ ३ गते जारी प्रेस विज्ञप्तिमा प्रेसमाथि कुनै किसिमको गलत व्यवहार, थिचोमिचो र हस्तक्षेव स्वीकार्य नहुने विज्ञप्ति मार्फत् महासंघले सम्बन्धित निकायलाई चेतावनी दिएको छ ।
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अवैध रुपमा रकम असुलेको समाचार लेखेका थिए । जुन विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन गरेका थिए । समाचारमा वडा अध्यक्षहरुकै सक्रियतामा व्यक्ति परिचालन गरी अवैध रुपमा एक थान बोरिङ जडान गरेवापत ३० देखि ४० हजार रकम असुल गरेको उल्लेख गरिएको छ ।
प्रकाशित समाचारको विषयलाइृ लिएर नगर प्रमुख महतोले समाचार तुरुन्त डिलिट गर्न दवाव दिदैं धम्कीपूर्ण भाषा प्रयोग गरेको थियोे । उनले फोनबाट तत्काल समाचार हटाउन दवाव दिदै यस्तो समाचार लेखरहे जे पनि हुनसक्ने भन्दै धम्क्याएका थिए ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले पत्रकार मुकेश कुमार यादवसँग गरेको अडियो रेकर्ड ।
स्मरणरहोस् बोडिंग जडानमा लाग्ने सम्पूर्ण खर्च नगर कोषबाट भुक्तानी हुने गरी प्राविधिक स्टीमेट गरिएको नगरपालिका स्रोतले जानकारी दिएको छ । तर जनताबाट निर्वाचित जनप्रतिनिधि तथा विचौलियाले किन स्थानीयसँग ३० देखि ४० हजार रकम माग गरिएको हो यो भ्रष्टाचार नभई के हो प्रश्न गर्छन् आम मानिसहरु ।
पत्रकार यादवलाई गाली गलौज र धम्की दिएको घटनाप्रति पत्रकार महासंघ मधेश प्रदेशको गम्भिर ध्यानाकर्षण
समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महताले नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवलाई गाली गलौजगरी आक्रमण गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशको गम्भिर ध्यानाकर्षण भएको छ।
समाचारको विषयमा चित्त नबुझे उपचार खोज्ने विभिन्न विनकायहरु हुँदाहुँदै पनि गालीगलौज गरी धम्की दिई मानसिक पीडा दिएको घटनाप्रति महासंघको ध्यानकर्षण भएको हो।
‘यस्तो घटना प्रेस स्वतन्त्तता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको हाम्रो ठहर छ। तसर्थ यस प्रकारको घटना नदोहर्याउन र पत्रकार यादवलाई स्वतन्त्र एवम् निस्पक्ष ढङ्गबाट पत्रकारीता गर्न दिन अपील गर्दछौं।’ प्रदेश अध्यक्ष राजेश कुमार कर्णद्वारा जारी विज्ञप्तीमा लेखिएको छ।
अध्यक्ष कर्णले आज जारी गरेको विज्ञप्तीमा ‘तनावपूर्ण वातावरणमा स्वच्छ र निस्पक्ष पत्रकारीता हुन नसक्ने र डर एवम् त्रासको मानसिकतामा पत्रकाहरुले पत्रकारीता गर्न समेत अपठ्यारो पर्ने भएकाले पत्रकारहरुको समाचार संकलन र सम्पे्रषण गर्न सक्ने वातावरण बनाउनका लागि राज्यका सम्पूर्ण सयन्त्तसँग माँग गर्दछौं।’ उल्लेख गरिएको छ।
यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अवैध रुपमा रकम असुलेको समाचार लेखेका थिए। जुन विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन गरेका थिए।
समाचारमा वडा अध्यक्षहरुकै सक्रियतामा व्यक्ति परिचालन गरी अवैध रुपमा एक थान बोरिङ जडान गरेवापत ३० देखि ४० हजार रकम असुल गरेको उल्लेख गरिएको छ।
प्रकाशित समाचारको विषयलाइृ लिएर नगर प्रमुख महतोले समाचार तुरुन्त डिलिट गर्न दवाव दिदैं धम्कीपूर्ण भाषा प्रयोग गरेको थियोे। उनले फोनबाट तत्काल समाचार हटाउन दवाव दिदै यस्तो समाचार लेखरहे जे पनि हुनसक्ने भन्दै धम्क्याएका थिए।



















