X wada

मुख्य समाचार

    Showing २५१-२६० of २,९६८ items.
  • कमला पुलको माग गर्दै स्थानीयद्वारा भोलिदेखि अनिश्चितकालीन चक्का जामको घोषणा

    सिरहा,भदौ ६ गते । कमला पुलको माग गर्दै आमरन अनसनमा बसेकाहरुको लागि मधेश प्रदेश सरकार र संघीय सरकारले वेवास्ता गरेको भन्दै नागरिक समाज सिरहाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नागरिक समाज सिरहाले आज विज्ञप्ति जारी गर्दै कमला पुलको माग गर्दै भदौ ४ गतेदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्य मन्त्री कार्यालय अगाडि धर्ना बस्दा समेत सरकारले वेवास्ता गरेको भन्दै समाजले चरणवद्ध आन्दोलनको घोषणा गर्न वाध्य भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भदौ ५ र ६ गते सिरहा बन्द, ७ गतेदेखि अत्यावश्यक सेवा वाहेक सिरहा बजार अनिश्चितकालीन चक्का जामको घोषणा गरेका हुन् ।   तराई मधेश जीवन

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३८७ पटक पढिएको
  • तीनजना अनसनकारी अस्वस्थ

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • १,७२८ पटक पढिएको
  • वर्षौसम्म कमला पुल नबन्दा जोखिमपूर्ण यात्रा

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको निर्माणाधीन कमला पुलको कार्य सम्पन्न नहुँदा सर्वसाधारणहरूलाई सास्ती भोग्नु परिरहेको छ ।१३ वर्ष अघि नै कमला नदीमा पुल निर्माण कार्य सम्पन्न भएर उद्घाटनको अवस्थामा रहेको बेला सिरहातर्फका दुई वटा पिलर भासिएपछि आवतजावतमा यात्रुहरुलाई सास्ती भोग्नु परिरहेको छ । कमला पुल भासिए पनि जोखिमपूर्ण यात्राका लागि दुवैतर्फका यात्रुहरुलाई बाँसको लचका र भ¥याङको प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।हुलाकी सडक आयोजना अन्तर्गत निर्माण भएको सो पुलको निर्माण गर्ने कम्पनी माथि मुद्दा दायर पनि भएको छ । अदालतमा मुद्दा भएको कारणले पुलक

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३६२ पटक पढिएको
  • १४ क्विन्टल गाँजासहित दुईजना पक्राउ

    सिरहा भदौ ६ गते । धरानबाट प्रहरीले १४ सय केजी गाँजा बरामद गरेको छ। धरान १३ स्थित सारङ्बाट प्रहरीले आज ९बिहीबार० बिहान ९ बजेतिर १४ क्वीन्टल गाँजा बरामद गरेको हो। १ क्वीन्टलमा एक सय किलोग्राम हुन्छ। यससँगै लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार को १ ख ४७३३ नम्बरको ट्रकमा लोड गरेर धनकुटातिरबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो। ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीको भनाइ छ। उनका अनुसार मुलाको बोरासँगै सेतो बोराभित्र प्याक गरी ट्रकमा ल

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • २५४ पटक पढिएको
  • मेयर महतोलाई महासंघको चेतावनी

    सिरहा,भदाै ६ गते । समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले फोन गरी अपमान जनक शब्द प्रयोग गर्नु र धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै महासंघको ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ सिरहा भदौ ३ गते जारी प्रेस विज्ञप्तिमा प्रेसमाथि कुनै किसिमको गलत व्यवहार, थिचोमिचो र हस्तक्षेव स्वीकार्य नहुने विज्ञप्ति मार्फत् महासंघले सम्बन्धित निकायलाई चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अ

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ४०१ पटक पढिएको
  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पालना गर्न मेयर महतोलाई महासंघको चेतावनी

    लहान,भदौ ४ गते । समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले फोन गरी अपमान जनक शब्द प्रयोग गर्नु र धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै महासंघको ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ सिरहा भदौ ३ गते जारी प्रेस विज्ञप्तिमा प्रेसमाथि कुनै किसिमको गलत व्यवहार, थिचोमिचो र हस्तक्षेव स्वीकार्य नहुने विज्ञप्ति मार्फत् महासंघले सम्बन्धित निकायलाई चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अवै

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ६४४ पटक पढिएको
  • पेट्रोल र डिजेलको भाउ घट्यो

    सिरह,श्रावण ३२ गते । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ।  निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ५०५ पटक पढिएको
  • मधेश प्रदेश,जग्गा खोज्दै

    सिरहा,श्रावण ३२ गते । मधेश प्रदेश सरकारको विभिन्न मन्त्रालयको प्रशासनिक भवन जीर्ण देखिएको हुँदा नयाँ जग्गा वा भवनका लागि विकल्पको खोजीमा दौडधुप बढेको छ ।मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी जग्गा तथा भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । मुख्यमन्त्री सतीशकुमार सिंहको अगुवाइमा मन्त्रीहरूको टोलीले धनुषाको नक्टाझिझसहित विभन्न स्थलमा रहेको जग्गा तथा कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको समेत अनुगमन गरेको छ ।संघीय सरकारको मातहतमा रहेका जनकपुरधामस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनले मधेश प्रदेश सरक

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ३४४ पटक पढिएको
  • २४ घण्टे अल्टिमेटमपछि नगर कार्यपालिकाको बैठक बोलाइयो

    सिरहा,श्रावण ३१ गते । सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरूले नगर प्रमुख शिवशंकर महतोको गैरजिम्मेवारीका कारण नगरपालिकाको काम लथालिंग बनाएको आरोप लगाउँदै सुधारका लागि तीन बुँदे माग गर्दै २४ घण्टे अल्टिमेटम दिएपछि नगर कार्यपालिकाको बैठक बोलाइएको छ ।  कार्यपालिका सदस्यसमेत रहेका वडाध्यक्षहरूले नगरपालिकामा देखिएको समस्या समास्या समाधानको लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगर सभाको मिति तत्काल तोक्नुपर्ने र आर्थिक वर्ष ०८१÷८२ का लागि कार्यक्रम तथा बजेट पारित गर्न कार्यपालिकाको बैठको माग सहित सोमबार २४ घण्टे अल्टिमेटम दिएपछि मंगलबार भदौ २ गतेका लागि नगर कार्यपालिकाको बैठकका लाग

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ५५२ पटक पढिएको
  • ३४ पदका लागि उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

    सिरहा,श्रावण ३१ गते । मुलुकको सातवटा प्रदेशमा रिक्त रहेका विभिन्न ३४ पदका लागि आगामी मंसिर तेस्रो साता निर्वाचन आयोगले उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेका छन् । आयोगको परामर्शमा सरकारले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा मिति तोकी रिक्त रहेका पदहरूको उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ३५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२