सिरहा,भदौ ६ गते । कमला पुलको माग गर्दै आमरन अनसनमा बसेकाहरुको लागि मधेश प्रदेश सरकार र संघीय सरकारले वेवास्ता गरेको भन्दै नागरिक समाज सिरहाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
नागरिक समाज सिरहाले आज विज्ञप्ति जारी गर्दै कमला पुलको माग गर्दै भदौ ४ गतेदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्य मन्त्री कार्यालय अगाडि धर्ना बस्दा समेत सरकारले वेवास्ता गरेको भन्दै समाजले चरणवद्ध आन्दोलनको घोषणा गर्न वाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भदौ ५ र ६ गते सिरहा बन्द, ७ गतेदेखि अत्यावश्यक सेवा वाहेक सिरहा बजार अनिश्चितकालीन चक्का जामको घोषणा गरेका हुन् ।
तराई मधेश जीवन नलीको रुपमा रहेको हुलाकी लोकमार्गमा पर्ने सिरहा र धनुषाको बीचमा रहेको कमला नदी केही वर्ष लगाएर बनाए पनि कमलाको उत्तरवर्ती क्षेत्रबाट आएको बाढीले उक्त पुलमा कमसल खालको निर्माण सामाग्री प्रयोगका कारण पुल भत्काएको थियो । १३ वर्षदेखि कमला नदीमा पुल बन्न सुरु भए पनि हालसम्म पुल नबन्दा वर्षौदेखि धनुषा, सप्तरी, सिरहा लगायतका ठाउँबाट ओहोर दोहोर गर्नेहरु सास्ती भोग्दै आएका छन् ।



















