X wada

All Posts By अनुभक्त चौधरी

    Showing २१-३० of ९०१ items.
  • सिरहामा वम विष्फोटप, एक घाइते

    सिरहा,फालगुन २७ गते । सिरहा सदरमुकामस्थित जिल्ला अदालतको अगाडिमा रहेको मधेश ल फर्ममा बम विष्फोट भएको छ । वम विष्फोटबाट ल फर्मका संचालक मधुसुदन यादवका २८ वर्षीय छोरो शौरभ यादव घाइते भएका छन् । घाइते यादवको उपचार प्रादेशिक अस्पताल सिरहामा भइरहेको वताइएको छ । विष्फोटका कारण कार्यालयको कम्प्युटर, प्रिन्टर तथा फर्निचरहरुमा क्षति भएको छ । फर्मका संचालक यादवले आफूसँग कसैको त्यस्तो मनमुटाव नभएको भन्दै सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । आज दिउँसो भएको उक्त वम विष्फोट कसले र किन गराएको सोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी उपरी

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • २०२ पटक पढिएको
  • सिरहाको चारै निर्वाचन क्षेत्रमा रास्वपा विजयी

    सिरहा,फाल्गुन २४ गते । फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सिरहाको चारै वटा क्षेत्रमा ठूलो मतान्तरका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पूर्व खेलकुद मन्त्री बब्लु गुप्ताले एकतालिस हजार तीन सय २५ मत पाएका छन् भने निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार सात सय छयासी मत मात्र प्राप्त गरेका छन् । दुई जनाको मतान्तर फरक एकतीस हजार पाँच सय उन्नचालिस रहेको छ । सिरहा जिल्लामा निर्वाचित क्षेत्र मध्ये सबैभन्दा बढी मतले गुप्ता विजयी भएका हुन् ।त्यस्तै सिरहा क्षेत्र

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २३३ पटक पढिएको
  • रास्वपाका उम्मेद्वार शिवशंकर यादव विजयी

    सिरहा,फाल्गुन २३ गते । सिरहा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्नु भएका शिवशंकर यादव २६ हजार सात सय सरचालिस मतान्तरले प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । विजयी यादवलाई सिरहा क्षेत्र नं. २ का मतदान अधिकृत नवराज जोशीले प्रमाण पत्र वितरण गर्नुभएको हो । विजयी हुनुभएका शिवशंकर यादवले नेपाल टेलिभिजनसँग छोटो प्रतिक्रिया दिंदै सिरहा क्षेत्र नं. २ मा व्याप्त शिक्षा, स्वास्थ्य, रोजगारी र बाटोघाटोको विकासमा ध्यान दिने उल्लेख गर्नुभयो । बाईट ः शिवशंकर यादव, प्रतिनिधि सभा सदस्य सिरहा क्षेत्र नं. २विजयी हुनुभएका यादवले उन्नचालिस हजार पाँच सय एकसठी मत ल्याउँदा उहाँको

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २२१ पटक पढिएको
  • सिरहामा मत गणना जारी

    सिरहा,फाल्गुन २१ गते । देशभरीसँगै सिरहामा पनि प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनको मत गणना चारै निर्वाचन क्षेत्रमा जारी  छ । मतगणनाको पछिल्लो जानकारी अनुसार मत गणना भइरहेको क्षेत्र नं. १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बब्लु गुप्ताले आठ सय पचास, नेपाली कांग्रेसका उम्मेद्वार रामसुन्दर चौधरीको एक सय ९५ र र नेकपा एमालेका उम्मेद्वार रामशंकर यादवको एक सय सैतिस मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १२६ पटक पढिएको
  • सिरहामा मतदान सम्पन्नः ६५ प्रतिशत मत खस्यो, मतपेटिका संकलन गरिँदै

    सिरहा, फागुन २१ — प्रतिनिधि सभा सदस्यका लागि सिरहामा सम्पन्न निर्वाचनपछि मतपेटिका मतगणना स्थलमा ल्याउने कार्य जारी रहेको छ।चारवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणना स्थलतर्फ ल्याइँदैछ। दूरी टाढा भएकाले मतगणना आजै वा भोलि बिहानबाट सुरु हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ।जिल्लामा रहेका ५३१ मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ। मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ।सिरहामा कुल ४ लाख ५३ हजार ६ सय ५४ मतदाता रहेको र दल तथा स्वतन्त्र गरी १३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ११२ पटक पढिएको
  • सिरहामा पनि बिहान ७ बजेदेखिनै मतदान सुरु, मतदाताहरू उत्साहपूर्ण सहभागिता

    सिरहा, फाल्गुन २१ गते  । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सिरहा जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।विहानैदेखि उत्साहपूर्ण तथा शान्त वातावरणमा मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।त्यसैगरी वृद्धवृद्धा, अशक्त तथा अपांगता भएका मतदाताका लागि विशेष व्यवस्था मिलाइएको छ, जसका कारण उनीहरूलाई मतदान गर्न सहज भएको देखिन्छ।सिरहाको चार वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ५ सय ३१ मतदान स्थलबाट मतदान भइरहेको छ। जिल्लामा कुल ४ लाख ५३ हजार ६ सय ५४ मतदाता रहेका छन्।यस निर्वाचनमा विभिन्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३८ पटक पढिएको
  • सिरहामा मतदानको सम्पूर्ण तयारी पूरा

    सिरहा, फाल्गुन २० गते। सिरहा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा भोलि विहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभर रहेका ५ सय ३१ मतदान केन्द्रमा डोरी टाँग्ने, मतदान बुथ निर्माण गर्ने लगायतका आवश्यक व्यवस्थापनका कार्य सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गराउन करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने सोही संख्यामा निर्वाचन प्रहरी पनि खटाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चार सयभन्दा बढी स्थानमा सुरक्षा टोलीको उपस्थिति रहने व्यवस्था मिलाइएको

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • ३६८ पटक पढिएको
  • ४ लाख ५३ हजार मतदाता निर्णयको पर्खाइमा, सिरहामा कस्को पोल्टामा जित?

    प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सिरहा जिल्ला मा चुनावी चहलपहल तीव्र बनेको छ। जिल्लाका शहर, गाउँ तथा टोल–टोलमा विभिन्न राजनीतिक दलका झण्डा र ब्यानरले सजिएका छन् भने उम्मेद्वारहरू मतदातालाई आकर्षित गर्न घरदैलो तथा चुनावी अभियानमा व्यस्त देखिएका छन्।४ क्षेत्रमा १३९ उम्मेद्वार मैदानमासिरहामा रहेका चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी कुल १३९ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन्।क्षेत्र नं. १ मा ३२ जनाक्षेत्र नं. २ मा २९ जनाक्षेत्र नं. ३ मा ४१ जनाक्षेत्र नं. ४ मा ३७ जना उम्मेद्वार चुनावी मैदानमा छन्।निर्वाचन नजिकिँदै जाँदा उम्मेद्वारहरूले मतदातालाई आफ्नो पक

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • १५५ पटक पढिएको
  • विजयी टिमलाई एक लाख एकाउन्न हजार प्रदान

    सिरहा, फाल्गुन ९ गते । सुरुङ्गा नगरपालिका वडा नं। ७ स्थित समसेरपुरमा सञ्चालित दोस्रो सुरुङ्गा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि टिपटप न्यू डायमण्ड भलिबल क्लब काठमाण्डौं ‘ए’ टिमले जितेको छ ।तीन सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा ‘ए’ टिमले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१० अंकसहित लगातार जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।प्रथम हुने टिमलाई नगद एक लाख एकाउन्न हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । त्यस्तै, सोही क्लबको ‘बी’ टिम द्वितीय हुँदै नगद एक लाख एक हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भयो । तृतीय स्थान हास

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • ३४४ पटक पढिएको
  • तीन घण्टापछि सडक सुचारु

    सिरहा, फाल्गुन ७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनगढी बजार क्षेत्रमा गरिएको चक्का जाम तीन घण्टापछि सुचारु भएको छ।सव–इन्जिनियर प्रमोद यादवको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र हत्यारा पत्ता लगाउने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो।दिउँसोदेखि पीडित परिवार तथा आफन्तले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका थिए। सडक अवरुद्ध हुँदा उक्त खण्डमा सयौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका थिए।नेपाल प्रहरी ले घटनाको पाँच दिन बितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले स्थानीय प्रशासन र सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए।सर्लाहीको मलंगवा स्थित पूर

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १६५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२