राजविराज, १२ माघ । शिबशक्ति युवा क्लब सिन्धुली सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगिता अन्तर्गत आज आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा मलिथम एफसी उदयपुरलाई ट्राइब्रेकरमा २–३ गोल अन्तरले पराजित गर्दै शिबशक्ति युवा क्लब सिन्धुली उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो ।

प्रतियोगिताको फाइनलमा पुग्न भोली मंगलवार दोश्रो सेमिफाइनलमा आयोजक सन्यासी युवा क्लब पोखरिया र शम्भुनाथ नगरपालिका फुटबल टीमले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

सो प्रतियोगिताका बिजेता टिमले नगद रु.  ५७ हजार  तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।