वीरगञ्ज, ५ जेठ । वीरगञ्जस्थित मदरल्याण्ड सेकेन्ड्री स्कुलले आज कक्षा डेकोरेशन प्रतियोगिता आयोजना गरेको छ ।

बार्षिक शैक्षिक क्यालेन्डर अनुसार विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा कक्षा ३ प्रथम, कक्षा ६ द्वितिय र कक्षा ७ तृतिय भएको विद्यालयले जनाएको छ । 

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट शैक्षिक विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि राष्ट्रिय समाचार समिति पर्साका प्रमुख राजु विश्वकर्माले पुरस्कार वितरण गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल डा. नन्दन कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा रिपोर्टस क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ताले बोल्नुभयो ।