राजविराज, २६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव गोलबजारले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा बरख गण राजविराजलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै गोलबजारले विजयी सुरुवात गरेको हो ।
प्रतियोगिता अन्तर्गत भोली बुधवारको खेल आयोजक संयासी युवा फुटबल क्लव पोखरिया र ब्रोदर्स फुटबल क्लब सिरहाबीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेताले नगद रु. ४५ हजार प्राप्त गर्नेछ ।
संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।




















