धनुषा,असार१८ गते । धनुषाको ढल्केवरमा ट्रमा सेन्टरको प्रक्रिया अघि बढेको छ । ट्रमा सेन्टर बनाउने प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षणको कार्य सुरु गरेको छ ।
आज शनिवार प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम सुरु गरिएको छ भने आईतबार९भोली०सम्म माटो परीक्षणको कार्य सम्पन्न हुने संघीय आयोजना कार्यान्वयन ईकाई धनुषाकाले जनाउनु भयो ।
यसअघि जग्गा विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गालाई तत्कालिन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेर उपयुक्त रहेको बताएपछि विवाद साम्य भएको थियो ।
मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘ क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गामा आर्थिक वर्ष २०७८र०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ ।
ट्रमा सेन्टरका लागि मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, दारी ग्याङलगायतका संघसंस्थाका पदाधिकारी तथा युवाहरुले चासो लिदैं आएका छन् ।




















