हेटौँडा, १ चैत्र । कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कसपले चालु आर्थिक बर्ष २०८२÷८३ को सात महिनाको अबधीमा नौ सय ट्रान्सफर्मर मर्मत गरी बाहिर जिल्ला पठाएको छ । सो कार्यालयका प्रमुख ईञ्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आर्थिक बर्ष २०८२÷८३ को साउनदेखि हालसम्म वर्कसपमा बिभिन्न जिल्लाबाट बिग्रिएर आएका नौ सय ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाएको छ । अघिल्लो आर्थिक बर्ष २०८१÷८२ मा एक हजार नौ सय ५० थान ट्रान्सफर्मर मर्मत गरेको सो वर्कसपले चालु आवमा एक हजार पाँच सयको हाराहारीमा ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको प्रमुख श्रेष्ठले बताउन
राजविराज, १६ माघ । सप्तरीको खडक नगरपालिका ३ बनरभुल्लास्थित कमलेश्वरी झाेलाई मावि बनरझुल्लाकाे खेलमैदान सञ्चालित खडक नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताकाे उपाधी कर्मेनेश्वर युवा क्लब खडक ४ ले हात पारेकाे छ । प्रतियोगिता अन्तर्गत आज शुक्रबार सम्पन्न फाइनलमा जनकल्याण युवा क्लब खडक २ लाई शुन्यका बिरुद्ध एक गाेल अन्तरले पराजित गर्दै उपाधी हात पारेकाे हाे । पहिलाे हाफको १८ ओैं मिनेटमा खडक ४ का सुनिलकुमार चाैधरीले गाेल गरी टीमलाई अग्रता दिलाएका थिए । उपाधीसँगै खडक ४ ले नगद रु. ४१ हजार र शिल्ड हात पारेकाे छ भने उपबिजेता खडक २ ले नगद रु. ३१ हजार र कपमा चित बुझाएको आयाेजक समितिका सन्ताेष पासवान
राजविराज, १४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न मैत्रीपुर्ण महिला फुटबल प्रतियाेगितामा मलिथम एफसी उदयपुर विजयी भएकाे छ । सिरहाकाे धनगढी महिला फुटबल टीमलाई शुन्यका बिरुद्ध एक गाेल अन्तरले पराजित मलिथम एफसी विजयी भएकाे हाे । मलिथमका लागि सबिना राेकायाले निर्णायक गाेल गरेका थिए । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिताकाे फाइनलमा भाेली बिहीवार शिबशक्ति युवा क्लब सिन्धुली र
राजविराज, १२ माघ । शिबशक्ति युवा क्लब सिन्धुली सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा मलिथम एफसी उदयपुरलाई ट्राइब्रेकरमा २–३ गोल अन्तरले पराजित गर्दै शिबशक्ति युवा क्लब सिन्धुली उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो ।प्रतियोगिताको फाइनलमा पुग्न भोली मंगलवार दोश्रो सेमिफाइनलमा आयोजक सन्यासी युवा क्लब पोखरिया र शम्भुनाथ नगरपालिका फुटबल टीमले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लवका सचि
राजविराज, ११ माघ । शम्भुनाथ नगरपालिका फुटबल टीम सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज आइतवार सम्पन्न दोश्रो क्वाटर फाइनलमा सोमवारे फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–५ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ नगरपालिका फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो । प्रतियोगिताको फाइनल प्रबेशका लागि भोली सोमबार पहिलो सेमिफाइनलमा मलिथम एफसी उदयपुर र शिबशक्ति युवा क्लब सिन्धुलीले प्रतिष्पर्धा गर
राजविराज, ११ माघ । बोदे बसाईन नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षका प्रत्यासी रामनाथ साहसहित १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बोदे बसाईनमा आइतवार आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का उम्मेदवार पुर्वमन्त्री तेजुलाल चौधरीले साह सहितका नेता कार्यकर्ताहरुलाई पार्टी प्रबेश गराउनुभयो । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बोदे बर्साइन नगर सभापति ईन्जिनियर दीपेन्द्रकुमार यादव, बोदे बसाईन नगरपालिका ३ का वडाअध्यक्ष शिबनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।
राजविराज, १० माघ । मलिथाम फुटबल क्लब उदयपुरले सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न पहिलो क्वाटर फाइनलमा प्रोगे्रेसिभ एफसी ओद्राहा सप्तरीलाई ०–३ गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल क्लब उदयपुरले सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको १५ औं मिनेटमा मलिथमका दिव श्रेष्ठले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएको थियो । पहिलो हाफकै २६ औं मिनेटमा मलिथमका बिशाल चौधरीले डिबक्स बाहिरको बललाई ओद्राहाको गोलपोष्टमा जाली चुमाएपछि मलिमथलाई बलियो अवस्थामा पु¥याएको थियो
राजविराज, ७ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलमा न्यू शिबशक्ति युवा फुटबल क्लब सिन्धुली विजयी भएको छ । खेलमा इनरुवा एफसी सुनसरीलाई ०–२ गोल अन्तरले पराजित गर्दै सिन्धुली विजयी भएको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली बिहीवार आयोजक सन्यासी युवा क्लब पोखरिया र युनाइटेड युवा क्लब महोत्तरीबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकार
राजविराज, ५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा मलिथाम फुटबल क्लब उदयपुरले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज सोमवार सम्पन्न तेश्रो दिनको खेलमा लहान एफसी सिरहालाई ०–१ गोल अन्तरले पराजित गर्दै उदयपुरले विजयी सुरुवात गरेको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली मंगलवारको खेल इन्द्रेणी फुटबल क्लब धरान सुनसरी र सोमबारे फुटबल क्लब उदयपुरबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका
राजविराज, ४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज आइतबार सम्पन्न खेलमा भारतको युवा शास्त्री क्लब बिरपुरलाई २–४ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली सोमवार मालिथम फुटबल क्लब उदयपुर र लहान एफसी सिरहाबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधर
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.