X wada

All Posts By अनुभक्त चौधरी

    Showing ६१-७० of ९०१ items.
  • धुमधामसँगै छठ पर्व मनाइँद

    सिरहा, कार्तिक १० गते । सबैको साझा महान पर्व छठको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका नदी तलाउ तथा पोखरीहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिनन नदी, तलाउ तथा पोखरीहरुलाई सजि सजाउँ तथा रंगविरंगी झिलिमिली बति, फुल गुच्चा एवम् पूजाका सामाग्रीहरुले झकिझकाउ बनेका छन् । लोक आस्थाको महान छठ पर्व गर्नाले सन्तान प्राप्ति, निरोगिता एवम् सुख शान्ति प्राप्ति हुने जनविश्वासले पनि यो पर्व विशेष महत्वका उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी मिथिलाञ्चल तथा तराई मधेशमा मनाइने महान पर्व पछिल्लो केही वर्षदेखि सबै जातजातिले मुलुकभरी नै म

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३१८ पटक पढिएको
  • छठ पूजाको तयारी पूरा

    सिरहा,कार्तिक ९ गते । धुमधाम एवम् बडो निष्ठापूर्वक देशैभरी मनाइने महान छठ पूजाको लागि सिरहामा पूजाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । सिरहाका विभिन्न नदी, तलाउ तथा पोखरीहरु सिंगारिएको छ । सरसफाई तथा रंगविरंगी पातपतैका, टेण्ट तथा फुल गुच्चाले सजि सजाउ भएको नदी, तलाउ तथा पोखरीहरु दुलहीजस्तै सिंगारिएको छ भने गाउँ शहरमा छठी माताको गितले गुञ्ज्यमान भएको छ । लोक आस्थाको महान पर्व छठ पर्व भोलि सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई उल्लासमय तरिकाले मनाउने छठ पर्व मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ । 

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३३२ पटक पढिएको
  • छठ पूजाको सामाग्री किन्नेको घुइँचो

    सिरहा,कार्तिक ८ गते । मिथिला, तराई लगायत देशैभरि धुमधाम एवम् वडो निष्ठा र श्रद्धापूर्वक मनाइने छठ पर्वको लागि आवश्यक पूजाको सामाग्रीहरु किन्नेहरुको घुइँचो सिरहा व्यापारिक बजारमा लागेको छ ।छठ पर्वको लागि आवश्यक बाँसले बनेका सुपा, डकिया, कोनिया त्यसैगरी माटाले बनेका दियो, हाति, कुसिया कुरिवार त्यसैगरी नारिवल, उखु, केरा लगायतका सामाग्रीहरु किन्ने अन्तिम दिन भएकाले बजारहरुमा श्रद्धालुहरुको भीड लागेको हो ।पर्वका लागि आवश्यक पूजा सामाग्रीहरुको मूल्यमा व्यापारीहरुले कृतिम रुपमा ह्वात्तै बढाई दिंदा चाडवाड मान्न निक्कै सकस भएको स्थानीयहरु बताउँछन् ।सूर्य देवताको अराधना गरी मनाइने महान पर्व छठ पर्व आइतब

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३१७ पटक पढिएको
  • वडा नं. १० टिम विजयी

    सिरहा,असोज २४ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ अवस्थित राम जानकी खेल मैदनमा जारी दोस्रो वाडा कप फुटवल प्रतियागितामा वाडा नं. १० का टिम विजय भएको छ । वडा नं. १२ लाई एक गोलका विरुद्ध शुन्य गोलले वडा नं. १० का टिम प्रथम  भएका हुन् । राम जानकी स्पोर्टस फुटवल क्लव सिरहाद्वारा असोज २४ गते देखि शुरु भएको असोज २९ गते सम्म हुने दोस्रो वडा स्तरीय फुटवल प्रतियोगितामा धनगढीमाई नगरपालिकाका  दश वटा वडाका टिमको सहभागिता रहेको छ ।आज देखि सुरु भएको खेलको फईनल खेलमा प्रथम हुने नगद पच्चिस हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र द्वितिय हुने टिमलाई पन्द्र हजार नगद सहित शिल्ड, मेडल, प्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ३११ पटक पढिएको
  • टेबुल कुर्सीको सहायताले सेवा दिदै : लहान यातायात

    सिरहा,असोज १२ गते । भदौ २४ गते जेनजीको प्रदर्शन, आगजनी तथा तोडफोडको क्रममा सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा करिव दुई करोड बढीको क्षति भएको छ । यातायात व्यवस्था कार्यालय लहानका सूचना अधिकारी विनित झाका अनुसार भवन, सवारीका साधन, कम्प्युटर, कार्यालयमा प्रयोग हुने इक्वीमेन्ट, फर्निचर गरी करिव दुई करोड बढीको क्षति भएको उल्लेख गर्नुभयो । भवन बस्नै नसकिने गरि आगजनी भएका कारण सवारी चालक सम्बन्धी कामकाज अनिश्चितकालका लागि बन्द गरिएको । भवन अभावमा कार्यालयका कर्मचारीहरु कार्यालय हाताभित्र टेबुल कुर्सीको सहायताले पटके, जाँचपास, रुट परमिट, सवारी कर र नवीकरणका काम मात्र गरिरहेको छ ।&

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ४५२ पटक पढिएको
  • १५४ बोरा भन्दा बढी अनुदानित मल बरामद

    सिरहा, ८ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलिले गोलबजारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको छ । अनुगमन टोलिले गोलवजार ६ पानिट्याङ्की नजीकैको गोदामबाट व्यवसायीले लुकएर राखेको सरकारी अनुदानको युरिया, डिएपी, पोटास र अन्य मल बरामद गरेको हो ।  गोलबजार नगरपालिका ६ मा अनुदानित मल राखेको भन्ने सूचनाको आधारमा पुगेका अनुगमन टोलिले छरछिमेकसँग बुझ्दा कसैले पनि गोदाम कसको हो भन्ने जानकारी नदिएपछि टोलिले शिल गरेको साल्टटे«डिङ्ग कर्पोरेशन लहानका कार्यालय प्रमुख रंजित कुमार साहले बताउनु भयो ।अनुगमन भएको जानकारी पाएपछि गोलबजारका धेरै कृषि विजभण्डारहरु बन्दगरेर सञ्चालकहरु भागेका

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३४४ पटक पढिएको
  • बालकको अपहरण पछि हत्या

    सिरहा, असोज ७ गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहाका दुई दिनदेखि अपहरणमा परेका १५ वर्षिय किशोर अभिषेक सिंहको आज बिहान ६ बजे शव फेला परेको छ । असोज ५ गते साँझबाट हराइरहेका बालक सिंहको शव उनकै घर देखि १ सय मिटर पूर्व जनता आधारभूत विद्यालयको छेउमा आँपको रुख मुनि फेला परेको हो । बालक अभिषेकको हत्याले डंग्राहा र वरपरका बासिन्दा शोकमग्न भएका छन् । सिङ्गो गाउँमा रुवाबासी र डर ज्ञास फैलिएको छ ।मृतकका  बाजे लक्ष्मण सिंहका अनुसार सोमबार विहान अभिेषेकको मोवाइलबाट आमाको मोवाइलमा बालक अपहरण भएको र पाँच करोड फिरौती मागिएको म्यासेज आएको थियो । शवको प्रकृति हेर्दा हत्या पछि लासमा

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ३४७ पटक पढिएको
  • लुटिएको क्यामेरा फिर्ता, राष्ट्रिय परिचय पत्र दिने काम सुचारु

    सिरहा,असोज ६ गते । भाद्र २४ गते जेनजीको प्रदर्शनको क्रममा तोडफोड तथा आगजनीको क्रममा इलाका प्रशासन कार्यालय लहान सिरहाबाट लुटिएको क्यामेरा फिर्ता भएपछि राष्ट्रिय परिचय पत्रको काम आजबाट सुचारु भएको छ । सबै क्षेत्रका लागि नेपाल सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि इलाका प्रशासन कार्यालय लहानले आज देखि सो कार्य सुचारु गरेसँगै सेवाग्राहीहरुको भीड लागेको छ । कार्यालय प्रमुख वेदनिधि खनालका अनुसार कार्यालयमा तोडफोड तथा आगजनीको क्रममा लुटिएको क्यामेरा फिर्ता भए पनि कार्यालयका अन्य कागज तथा महत्वपूर्ण सामाग्रीहरु तोडफोड, आगजनी तथा लुटपाटका कारण राहदानी अन्य काम केही दिनमा मात्र संचालन

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३१६ पटक पढिएको
  • गोदामबाट लुटिएको खाद्यान्न मध्ये ३.५२ प्रतिशत मात्र फिर्ता

    सिरहा,असोज ६ गते । भदौ २४ गते जेनजी पुस्ता प्रदर्शन, आगजनी तथा तोडफोडको क्रममा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये आजसम्म ३.५२ प्रतिशत मात्र खाद्यान्न फिर्ता भएको छ । गोदाममा मौज्दात विभिन्न भेराइटीका आठ हजार पाँच सय बोरा चामल र तीन हजार दुई सय बोरा मध्ये हालसम्म २९३ क्वीन्टल ४३ किलो चामल र ७ क्वीन्टल ८४ किलो चिनी मात्र फिर्ता भएको कम्पनीका सूचना अधिकारी अनिल कुमार सिंहले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार उक्त कम्पनीका प्रमुख दिपक सुनारले लुटिएका चामल र चिनी फिर्ता गर्न तदारुकता नदेखाएको कारण परिमाणात्मक ढंगले लुट

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३५१ पटक पढिएको
  • जमरा राख्दै दशैंको शुरुवात

    सिरहा,असोज ६ गते । श्रद्धा एवम् निष्ठापूर्वक देशैभरी धुमधामसँग मनाइने नेपालीहरुको महत्वपूर्ण चाड वडा दश्मीको पहिलो दिन सिरहाका विभिन्न शक्ति पिठ तथा दुर्गा मन्दिरहरुमा पनि बडो धुमधामसँग कलश यात्रासंगै विधिपूर्वक जमरा राखि घटस्थापना गरीएको छ ।बडा दशैंको पहिलो दिन सिरहाका विभिन्न शक्ति पिठ तथा देविका प्रतिमा बनाएर दुर्गा पुजा गरिने स्थानमा जौ, तिल, धान, गहूं सहित जमरा राखिएको छ । तराई मधेशमा दश दिन सम्म धुमधामसंग मनाउने विजया दश्मीमा सवै जसो गाउँ नगर देवी दुर्गाको भजन गुञ्जिन थालेका छन् ।घटनास्थापनाका दिन राखिएको जमरा विजया दशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहँदै आएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २९८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२