सिरहा,पुस ११ गते । पोषण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सिरहाको अर्नमा गाउँपालिकामा दलित जनकल्याण युवा क्लव लहान सिरहाले सडक नाटक प्रदर्शन गरिएको छ ।  । 

गाउँ क्षेत्रमा पोषण सम्बन्धी जानकारीको अभावमा विशेष गरी गर्भवती महिला र बालवालिकाहरुमा हुने कुपोषणका कारण विभिन्न खालका रोगहरु लाग्नबाट बचाउने उद्देश्यले सडक नाटकको आयोजना गरिरहेको क्लवका अध्यक्ष उमेश विशुन्केले जानकारी दिनुभयो । 

विशेष कलाकारद्वारा प्रदर्शन गरिएको उक्त नाटक स्थानीयहरुले बडो उत्साहपूर्वक हेरिएको थियो । पोषण सम्बन्धी नाटकले सबैलाई पोष्ण सम्बनधी हुने फाइदाको बारेमा पुनर्ताजगी भएको स्थानीयहरुले वताएका छन् । 

प्लान ईन्टरनेशनलको सहकार्य र दलित जनकल्याण युवा क्लवद्वारा उक्त पोषण सम्बन्धी जनचेतना नाटक सिरहाको अर्नमा गाउँपालिकाको वडा नं. ५ को सदा वस्ती र सोही पालिकाको वडा नं. ३ को स्थानीय व्यापारिक बजार अर्नमा संचालन भएको थियो ।