सिरहा,कार्तिक २० गते । थारू समुदायले सिरहा लगायत तराई मधेशमा आज सामाचकेवा पर्व सम्पन्न भएको छ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व कात्र्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु गरीे आज सम्पन्न भएको छ ।  

सिरहाका थारु महिला दिदीवहिनीले माटो मुछेर बनाइएका सामाचकेवा, चुगला, वृन्दावन, सतभईयाँ,भमरा आकृति पाल्कीमा राखी दुल्हीझै श्रृीगारी नगर परिक्रमा संगै नाचगान गर्दै पोखरी, तलाउ तथा नदीमा सेलाई समाचकेवा समापन गरेका छन् ।

यो पर्व थारूलगायत मिथिलाका अन्य समुदायका दिदीबहिनीले पनि उल्लासका साथ मनाउँदै आएका छन् भने मधेशी समुदायका महिला दिदीवहिनीहरुले पूर्णिमाको रातीमै बनाईएको आकृतिलाई फोरी जोतेको खेतमा सेलाईएको छ ।

भाइ–बहिनीको प्रतीकको रुपमा मनाउने समा–चकेवा पर्वमा गीत मार्फत दाजुभाईको प्रशंसा संगै आशिष दिने र चुगला (कुरौटे)लाई गाली गर्न थालेको मान्यता रहेको छ ।

सिरहाका विभिन्न स्थानमा सामाचकेवा पर्वको अवसरमा महोत्सव तथा थारु पौरानिक गितमा नाचगान गर्दै भव्यरुपमा पर्व मनाएका थिए ।