सिरहा, पौस ३ गते ।मधेश प्रदेश सभाका माननीय सांसद जिवछि यादवले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै जिम्मेवार, मर्यादित र निष्पक्ष पत्रकारिता प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले मिडिया काउन्सिलको द्वारा आयोजित सिरहाको लहानमा सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सञ्चारमाध्यम लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । 

सिरहा र सप्तरीका सञ्चारकर्मीहरूको सहभागिता रहेका अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सञ्चारमाध्यमले भोगिरहेका आर्थिक समस्या, पत्रकार सुरक्षाका चुनौती तथा डिजिटल मिडियाको प्रभावबारे धारणा राखेका थिए । उनीहरूले स्थानीय सञ्चारमाध्यमलाई सशक्त बनाउन नीतिगत सुधार र तालिमको आवश्यकता औँल्याएको थियो ।

कार्यक्रममा मिडिया काउन्सिलका प्रतिनिधिहरूले सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन काउन्सिलले गरिरहेका प्रयासबारे जानकारी गराएको थियो । कार्यक्रममा उठेका सुझावहरू आगामी नीति निर्माणमा समेटिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

कार्यक्रमले सञ्चारमाध्यमको सुदृढीकरणका लागि सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।