सिरहा,मंसिर २४ गते । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन सिरहाले प्रादेशिक अस्पताल लहानमा उपचाररत बिरामीहरूलाई फलफूल र पौष्टिक आहार वितरण गरेको छ ।

मानव अधिकार, मानवीय मूल्य र स्वास्थ्यको महत्वलाई जोड दिदै अस्पतालमा उपचाररत ६० जना बिरामीहरूलाई फलफूल र पौष्टिक आहार वितरण गरिएको हो । 

ईलाका प्रशासन कार्यालय लहान, सिरहाका कार्यालय प्रमुख वेदनिधि खनालले फलफूल र पौष्टिक आहार वितरण  गर्दैै यस किसिमको पहल स्वास्थ्य र मानव अधिकार संरक्षणको दृष्टिले प्रशंसनीय भएको बताउनु भयो ।

नेपाल मानव अधिकार संगठन, मधेश प्रदेशका संयोजक विमल ठाकुरका अनुसार यस्तो सामाजिक कार्यक्रमले मानव अधिकारको दैनिक अभ्यास र मानवीय मूल्य प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गर्नु भयो ।

संयुक्त राष्ट्रसंघको महासभाले १० डिसेम्बर, १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको स्मरण गर्दै हरेक वर्ष १० डिसेम्बरलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रूपमा मनाइन्छ । मानव अधिकार संरक्षण लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ भएको भन्दै यस किसिमका कार्यक्रमले जनचेतना बढाउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा स्वास्थ्यकर्मी, अस्पताल प्रशासनका प्रतिनिधि ईलाका प्रहरी कार्यालय लहानका उप महानिरीक्षक लगायत स्थानीय नागरिकहरू समेत उपस्थित थिए ।