सिरहा,पुस ४ गते । बाक्लो कुहिरोसँगै आजदेखि तराई–मधेश क्षेत्र तथा सिरहा जिल्लामा शितलहर शुरु भएको छ । शितलहर सुरु भएसँगै चिसो अत्यधिक बढेको छ, जसका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । चिसो बढेसँगै घरबाहिर हिडडुल गर्ने मानिसहरूको संख्यामा कमी आएको छ ।

आज बिहानदेखि बाक्लो कुहिरो लागेको छ । कुहिरोका कारण दृश्यता कम हुँदा सवारी साधन सञ्चालनमा समेत समस्या देखिएको छ । चिसोबाट बच्न गाउँघरदेखि शहरसम्म मानिसहरूले आगो (घुरा) बालेर सहारा लिने गरेका छन् । यसले गर्दा चोक–चौराहा तथा टोलटोलमा मानिसहरूको चहलपहल निक्कै पात्लिएको देखिन्छ ।

vlcsnap-2025-12-19-13h59m56s166

हिजो बिहीबारसम्म सिरहा लगायतका जिल्लाहरूमा घाम राम्ररी लागेको भए पनि आजदेखि एकाएक मौसममा बदलाव आएको छ । बाक्लो कुहिरोसँगै चिसो हावा चल्न थालेपछि जाडो झनै बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

मौसमविद्हरूका अनुसार सामान्यतया मंसिर महिनादेखि शितलहर शुरु हुने भए पनि यस वर्ष पुस लागेपछि मात्र शितलहर सुरु भएको हो । शितलहर ढिलो शुरु भएकाले गत वर्षको तुलनामा यस वर्ष मौसम केही गर्मी हुने संकेत देखिएको विज्ञहरूले बताएका छन् ।