सिरहा,मंसिर ७ गते । हलुवाई समाज नेपालको सिरहाको धनगढीमाई नगरपालिकामा प्रथम अबिधेशन सम्पन्न भएको छ ।
सिरहाको जिरोमाईलमा शनिबार भएको नगर स्तरीय अबिधेशनबाट नगरकमिटी अध्यक्षमा सन्तोष कुमार साह,सचिवका श्याम सुन्दर साह र कोषाध्यक्षमा दुर्गी देबी साह सहित १९ सदस्यीय समिति र २ जनालाई सल्लाहकारमा चयन गइएको छ ।
हुलाई समाज नेपालको मधेश प्रदेश अध्यक्ष राम शंकर साहको प्रमुख अतिथ्य तथा श्याम सुन्दर साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा केन्द्रीय सल्लाहकार राजेन्द्र प्रसाद साह,प्रदेश उपाध्यक्ष दिपेन्द्र साह,सचिब लक्ष्मण साह, जिल्ला अध्यक्ष भरत प्रसाद साह लगायतका स्वजातीयहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा विशिष्ठ अतिथि राजेन्द्र प्रसाद साह बोल्दै जातीयहक हितको लागी यो समाज उल्लेखिय भुमिका खेल्ने र हाम्रो जाती नेपालभर एक भई जातीय पहिचनाको लागी अवाज उठाउने र यो समाजले नेपालभर जातीय पहिचानको लागी नगरकमिटि,जिल्ला कमिटि, प्रदेश कमिटि गठन गर्दै आएको छ । सोही अनुसार हाल सम्म सिरहा जिल्लाको लहान नगरपालिका,लक्ष्मीपुर न.पा.,गोलवजार न.पा. र धनगढीमाई नगरपालिकामा नगर कमिति गठन भयो बाँकी अरु सबै पालिकाहरुमा गठन गर्ने बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि साहले हाम्रो जातिको हकहितको लागी यो समाज गठन भएको हो । यो समाजले हाम्रो समाजमा हाम्रो स्वजातीयहरुको हकहतिको लागी सदैब काम गनै बताउनु भयो । उनले थपे हाम्रो यो समाज आफनो हकहितको लागी कहिले पछाडि नहुने बताउनु भयो ।
उक्त कार्यक्रममा उतिमलाल साहले सम्पूर्ण स्वजातिहरुलाई गम्छाले सम्मान गरेका थिए त्यतै नगर स्तरी जातिय माईजनहरुलाई पनि सम्मान गरेका थिए ।
उक्त कार्यक्रमका संचालन जिल्ला कमिटी सचिब सुरेन्द्र साहले गर्नु भएको थियो ।