सिरहा , कार्तिक २३ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई प्रशासनिक कामकाजको लागि अनिवार्य गरेपछि जिल्ला जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहिको अचाक्ली भिड लागेको छ ।
सरकारले वृद्ध भत्ता,पेन्सन निकाल्ने र जग्गा रजिष्ट्रेशन लगायत विभिन्न प्रशासनिक काम काजमा राष्ट्रिय पत्र अनिवार्य गरे पछि परिचय पत्र बनाउनेहरुको भिड लागेको हो ।
सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै परिचय पत्रको काम विहान सात बजेदेखि दिउँसो पाँच बजेसम्म गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

अहिले दैनिक रुपमा करिव चार सयको हाराहारीमा कार्यालयबाट परिचय पत्र वितरण भइरहेको वताइएको छ । कार्यालयले सेवाग्राहीको सहजताको लागि निःशुल्क रुपमा राष्ट्रिय परिचय पत्र फर्म भरिदिने व्यवस्था समेत गरिएकाले सेवाग्राहीहरुलाई सहज भएको छ ।
स्थानीय तहमा राष्ट्रिय परिचय बनाउने जिम्मा दिएपछि प्राविधिक कठिनाई आउन थालेपछि अहिले जिल्ला प्रशासन कार्यालय सिरहा र ईलाका प्रशासन कार्यालय लहानबाट मात्र सेवा प्रवाह गरिरहेको छ ।



















