राजविराज, १६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरनियाँस्थित नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलले बुधवार आज भव्य कार्यक्रमका बीच पाँचौ स्थापना दिवस तथा अभिभावक समारोह मनाएको छ । 

विद्यालय प्राङ्गणमा आयोजित समारोहमा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका बाहिनीपति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले विद्यालयद्वारा प्रकाशित ‘‘द मिरर” नामक पुस्कत बिमोचन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार समेत वितरण गर्नुभयो । 

शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरी लगायत थानीय तहका प्रमुखहरु, जगादाता जोगेन्द्र भगत, उहाँका धर्मपत्नी ठाकोदेवी भगत, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, अभिभावकहरुको सहभागिता रहेको सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कराँते, तेक्वान्दो, संगित, नृत्य तथा नाट््क प्रस्तुत गरेका थिए ।