सिरहा,बैशाख २ गते । सिरहाको लहान नगरपालिका वडा नं. १२ र २२ मा अवस्थित सलहेश फूलवारी मेलामा श्रद्धलुहरुका लागि नि:शुल्क शुद्ध पिउने पानी वितरण गरेको छ ।
प्रत्येक वर्ष बैशाख १ गते लाग्ने फूलवारी मेलामा आउने अगन्तुक श्रद्धलुहरुलाई कुश्वाहा विद्यार्थी कल्याण समाज र थारु विद्यार्थी समाज सिरहाले नि:शुल्क पिउने पानी वितरण गरेको हो ।
मेलामा शुद्ध पिउने पानीका व्यवस्था न्युन हुने पसलहरुमा बढी रुपैया लिने भएकाले मेला आउने अगन्तुक श्रद्धालुहरु लाई समाज सेवाका लागि नि:शुल्क पिउने पानीको वितरण गरिएको आयोजकले वताउनु भयो ।
प्रत्येक वर्षको बैशाख १ गते मात्र फुलवारीमा मालिन मन्दिरको अगाडि हारमको रुखमा अलौकिक रुपमा फुल्ने अनौठो स्वभावको माला आकारको फुल हेर्न देश विदेशबाट श्रद्धालुहरु मेला हेर्न आउने गर्दछ ।