सिरहा,चैत्र २९ गते । भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर गोलवजार सम्म पुर्याएका किराना सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ । 

शस्त्र प्रहरी गोलवजारले करिव पचास हजार बारावरको खाद्यय किराना आईटमका सामान पक्राउ गरेको हो ।

छोटी भन्सार कार्यालय वरियारपट्टी बाट लुकिछिपी वरियारपट्टी जिरोमाईल हुदै गोलवजार सम्म पुगेका खाद्यय सामग्री चिनी, दाल,चकलेट र डिउ लगायत सुर्ती पक्राउ गरेको शस्त्र प्रहरीले गोलवजारले वताईएको छ ।

पक्राउ परेका सामाग्री अनुसन्धान तथा कार्वाहीका लगि भन्सार पठाईएको प्रहरीले जनाउनु भयो ।